Logo मंगलवार, श्रावण १२ गते २०८३
images

अधिबेशनमा सघाएकी सुजातालाई मन्त्री बन्न देउवाको अफर,उद्योग वा रक्षा उनकै रोजाई !

अधिबेशनमा सघाएकी सुजातालाई मन्त्री बन्न देउवाको अफर,उद्योग वा रक्षा उनकै रोजाई !

  • 2.3K
    SHARES

  • अधिबेशनमा सघाएकी सुजातालाई मन्त्री बन्न देउवाको अफर,उद्योग वा रक्षा उनकै रोजाई !

    बुटवल,माघ २१ ।

    नेपाली कांग्रेसकी नेतृ सुजाता कोइराला मन्त्री बन्ने भएकी छन्।  कोइराला निकट स्रोतका अनुसार प्रधानमन्त्री देउवाले उनलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बन्ने 'अफर' गरेका छन्। 

    तर, रक्षा मन्त्रालय समेत खाली भएकाले कुन मन्त्रालय सम्हाल्ने भन्ने विषयमा सुजाताले आफू निकटसँग छलफल गरिरहेकी जनाइएको छ। 

    कोइराला माधव नेपाल नेतृत्वको सरकारमा २०६६ सालमा उपप्रधान तथा परराष्ट्र मन्त्री बनेयता सत्ताबाहिर थिइन्।

    'मन्त्री बन्ने पक्कापक्की नै हो। उद्योग मन्त्रालयको नेतृत्व गर्ने कि रक्षा मन्त्रालय भन्ने यकिन भइसकेको छैन। यी दुईमध्ये १ मन्त्रालय सम्हाल्ने भन्ने निश्चित छ,' कोइराला निकट स्रोतले भन्यो। 

    प्रधानमन्त्री देउवाले सरकार विस्तार गर्दा उद्योग वाणिज्य तथा आपूर्ति गजेन्द्र हमालले असोज २४ मा मन्त्री पदबाट राजीनामा दिएका थिए।   यस्तै, नेपाली कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवार बनेका रक्षामन्त्री मीनेन्द्र रिजालले पुस १ मा राजीनामा दिएका थिए। दुवै मन्त्रालय मन्त्रीविहीन रहँदै आएका थिए।

    नेपाली कांग्रेसको १४औं महाधिवेशनमा देउवालाई सभापतिमा शमर्थन गरेका नेता प्रकाशमान सिंहको समूहबाट कोइराला सरकारमा सहभागी हुन लागेकी हुन्। 

    सभापतिका लागि दोस्रो चरणको निर्वाचन हुँदा पहिलो चरणमा सभापतिका उम्मेदवार रहेका सिंहले देउवालाई समर्थन गरेका थिए। 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology