Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बाँकेमा ८५ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु

बाँकेमा ८५ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु

  • 2.5K
    SHARES

  • बाँकेमा ८५ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु

    बुटवल,माघ १९ ।

    बाँके जिल्लामा थप एक जना कोरोना संक्रमित पुरुषको आज विहान मृत्यु भएको छ ।

    जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेजबहादुर वलीका अनुसार नेपालगञ्जको भेरी अस्पतालमा उपचार  गराइरहेका एक पुरुषको उपचारकै क्रममा बिहान मृत्यु भएको हो ।

    यसरी मृत्यु हुनेमा बाँकेको खजुरा गाउँपालिका वडा नम्बर २ का ८५ वर्षीय पुरुषको रहेका छन् । उनी पुस २३ गते भेरी अस्पतालमा पीसीआर गरिएका उनलाई भोलिपल्ट भर्ना गरिएको थियो । उपचार गर्दा गर्दै आज विहान उनको मृत्यु भएको हो ।

    योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय ४७ जना पुगेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology