Logo बिहिवार, आश्विन १ गते २०८३
images

पेट्रोलको मूल्य उच्च विन्दुमा,अब प्रतिलिटर १४२ रुपैयाँ कायम

पेट्रोलको मूल्य उच्च विन्दुमा,अब प्रतिलिटर १४२ रुपैयाँ कायम

  • 2.7K
    SHARES

  • पेट्रोलको मूल्य उच्च विन्दुमा,अब प्रतिलिटर १४२ रुपैयाँ कायम

    बुटवल,माघ १९ ।

    सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । योसँगै पेट्रोलको मूल्यले उच्च विन्दुमा नयाँ रेकर्ड कायम गरेको छ ।

    मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी साविकको बिक्री मूल्यमा पेट्रोल र डिजल र मट्टीतेल प्रतिलिटर रु ३ ले वृद्धि गरिएको नेपाल आयल निगमले जनाएको  छ ।

    अब पेट्रोल १४२ र डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर १२५ रुपैयाँ कायम भएको छ ।  यसअघि २०७० साल फागुन ३० गते भएको समायोजनअनुसर पेट्रोलको मूल्य प्रतिलिटर १४० रुपैयाँसम्म पुगेको थियो ।

    आन्तरिक हवाई इन्धनमा प्रतिलिटर १० रुपैयाँले वृद्धि गरी बिक्री मूल्य  ११६ रुपैयाँ तोकिएको छ ।  अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रतिकिलो लिटर अमेरिकी डलर १०० ले वृद्धि गरी प्रतिकिलोलिटर बिक्री मूल्य अमेरिकी डलर १ हजार ९५ कायम भएको निगमका सहप्रवक्ता पुष्कर कार्कीले जानकारी दिए ।

    एलपी ग्याँसको नयाँ खरीद मूल्य प्रति सिलिण्डर ८१.६२ रुपैयाँले घटेर आए पनि अझै निगमलाई प्रतिसिलिण्डर  ५६०.०९ रुपैयाँ घाटा रहेको हुँदा समेत बिक्री मूल्य नबढाई  यथावत् नै राखिएको निगमले जनाएको छ ।

    यो समायोजनपछि निगमको १५ दिनको घाटा ३७ करोडले घटेर करीब  २ अर्ब २३ करोड रुपैयाँ कायम हुने निगमले जानकारी दिएको छ ।

    oil list.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology