Logo मंगलवार, श्रावण १२ गते २०८३
images

मरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा नेपालको सकसपूर्ण जित

मरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा नेपालको सकसपूर्ण जित

  • 2.2K
    SHARES

  • मरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा नेपालको सकसपूर्ण जित

    बुटवल,माघ १८ । 

    मरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा नेपालले १–० गोलले जित दर्ता गरेको छ ।

    दशरथ रंगशालामा जारी खेलको १३औं खेलमा सुजल श्रेष्ठले गरेको गोल नै जितका लागि पर्याप्त बन्यो । खेलको ११औं मिनेटमा सुजलले गोल गरेका हुन् । यसै खेलबाट राष्ट्रिय टिममा डेब्यु गरेका नविन गुरुङको कर्नर प्रहार मरिससका खेलाडीले पन्च गरे पनि नेपालका आशिष लामाले प्रहार गरेका बलमा पुजन उपरकोटीले ब्याक फ्लिक गर्दै मिलाएको बलमा सुजलले गोल गरेका हुन् ।

    लगत्तै मोरिससले बराबरी गर्ने अवसर पाए पनि मरिसस चुक्दा नेपालले जितेको हो । नेपालका दिनेश राजवंशीले लिन्सले ब्रेसलाई फाउल गरेपछि मोरिससले पेनाल्टी पाएको थियो । तर, १३औं मिनेटमा मोरिससका कप्तान एन्डी सोफीको पेनाल्टी प्रहार नेपालका कप्तान किरण चेम्जोङले दायाँ डाईभ गर्दै बचाए ।

    पहिलो हाफमा नेपालले एक गोलको अग्रता लिएको खेलको दोस्रो हाफ भने तनावपूर्ण रह्यो ।

    दोस्रो हाफमा नेपालका एक र मरिससका दुई खेलाडीले रातो कार्ड पाए । खेलको ७१औं मिनेटमा नेपालका पुजन उपरकोटी र मरिससका एड्रिएन बोटलर तथा ८०औं मिनेटमा मरिससका एमानुएल फलचन्दले रातो कार्ड पाए । दोस्रो हाफमा दुवै टिमले गोल गर्न नसक्दा नेपालले १–० को जित दर्ता गरेको हो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology