Logo बिहिवार, आश्विन १ गते २०८३
images

नयाँगाऊँ माध्यामिक विद्यालयमा कम्प्युटर ल्याब (आईसिटी) उद्घाटन

नयाँगाऊँ माध्यामिक विद्यालयमा कम्प्युटर ल्याब (आईसिटी) उद्घाटन

  • 3.6K
    SHARES

  • नयाँगाऊँ माध्यामिक विद्यालयमा कम्प्युटर ल्याब (आईसिटी) उद्घाटन

    बुटवल,माघ १८ ।

    बुटवल–१२स्थित नयाँगाऊँ माध्यामिक विद्यालयमा कम्प्युटर प्रयोगशाला (आईसिटी) सञ्चालनमा आएको छ । कम्प्युटर प्रयोगशालाको मंगलबार एक समारोहका बिच बुटवल उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्यले उद्घाटन गरिन् ।

    राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमत अन्तर्गत विद्यालयमा कम्प्युटर ल्याब सञ्चालनमा गरिएको हो । प्रयोगशालाको उद्घाटन गर्दै उपप्रमुख आचार्यले बुटवलको शैक्षिक गुणस्तरमा एकरुपता ल्याउन समग्र बुटवल एक विद्यालय अभियान सुरु गरेको बताइन् ।

    उनले बुटवल गुणस्तरीय शिक्षा विकासमा नगरपालिका जुटेको बताइन् । विद्यालयका प्रधानाध्यापक पुरुषाेत्तम भट्टराईले ६ लाख रु५० हजार रुपैयाँमा ४० वटा कम्प्युटर सहित ल्याब सञ्चालनमा आएको बताए । उनले अहिले एक ल्यापटप,एक फाेटाेकपि मेसीन,२ कम्प्युटर ,सात थान सिसिटिभी जडान गरिएको जानकारी दिए । भट्टराईले विद्यालय पछिल्लो समय विद्यार्थीको रोजाइमा परेको बताए ।

    कार्यक्रममा बुटवल वडा नम्बर १२ का अध्यक्ष दुर्गा सुबेदीले कम्प्युटर शिक्षासँगै प्रयोगशालाले शैक्षिक सुधारमा राम्रो सुधार ल्याउने बताए । कार्यक्रममा विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष पुरुषोत्तम बस्याल, बिद्यालयका सल्लाहकार डि आर भण्डारी, शिक्षक राप्रसाद  बञ्जाडे लगायतले बोलेका थिए ।computer lab ict nayagaun mavi (1).jpg

    lab.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology