बुटवल,माघ १८ ।
नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले नेपाली कांग्रेस रोल्पाका नेता रेगबहादुर सुवेदीको निधनप्रति दुःख व्यक्त गर्नु भएको छ ।
नेपाल सरकारका पूर्व सहायक मन्त्री समेत रहनुभएका सुनिल स्मृति गाउँपालिका ६ गजुल निवासी सुवेदीको आज आफ्नै निवासमा ८२ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले बताएको छ ।
सभापति पुनले सामाजिक सञ्जालमार्फत सुवेदीको निधनको खबरले आफूलाई अत्यन्तै दुःख लागेको उल्लेख गर्दै उहाँको निधनले कांग्रेस रोल्पाले एक अग्रज नेता र देशले एक कर्मशील राजनीतिकमी व्यक्तित्व गुमाएको बताउनु भएको छ ।
सभापति पुनले दुःखको यस घडीमा अधिकारीप्रति श्रद्धान्जली अर्पण गर्देै शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्नु भएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)