बुटवल,माघ १७ ।
बुटवल जेसिजले प्रदान गर्ने स्वर्गीय गणेशमान सैजु उत्कृष्ट पत्रकारिता पुरस्कार २०२१ बाट रेखा भुसाल सम्मानित भएकी छन् । जेसिसले सोमबार एक समारोहका बिच सो पुरस्कार भुसाललाई प्रदान गरेको हो ।
नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन,पुरस्कार छनोट समितिका संयोजक लेखनाथ पाण्डे,नेपाल जेसिजका पूर्व अध्यक्ष जगतबहादुर पोखरेल,बुटवल जेसिजका अध्यक्ष गोपाल चापागाइ लगाउयले उनलाई पुरस्कारसहित सम्मान गरेका हुन् ।
पत्रकारिताबाट समाज रुपान्तरणमा महत्वपूर्ण भुमिका खेलेको भन्दै भुसाललाई प्रशंसापत्र,दोसल्ला सहित सम्मान गरिएको हो । पत्रकार भुसाल लामो समयदेखि नागरिक दैनिकमा कार्यरत छन् । उनी नेपाल प्रेस युनियन रुपन्देहीकी सभापति समेत हुन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)