बुटवल,माघ १७ ।
मौलिक जरोकिलो पार्टीले नेपालका अभौतिक सांस्कृतिक सम्पदाहरूलाई युनेस्को आइसीएचमा सूचिकृत गर्नको सरकारको ध्यानाकर्षण गराएको छ ।
प्रदेश महासचिव जीवन भण्डारीका अनुसार, पार्टी उपाध्यक्ष बलराम प्रजापतिले सोमवार संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेम बहादुर आलेलाई लागि ज्ञापन पत्र बुझाएका हुन् ।
जरोकिलोले नेवार समुदायको योमरी, थारु समुदाय ढिकरी, थकाली खाना, मष्टो लगायत अन्य संस्कृतिमा रहेको धामी, झाँक्री, अन्नको चित्र बनाई प्रदर्शन गरिने हलिमलि, लाखे, चर्या, भैरव, देवी, ख्यागोरा, कवांचा, दोहोरी, साकेला, सोरठी, देउडा लगायतका अभौतिक साँस्कृतिक सम्पदालाई सूचिकृत गर्न दबाव दिएको हो ।
‘नेपाल धार्मिक, सांस्कृतिक, भाषिक र भौगोलिक रुपमा विविधतायुक्त राष्ट्र भएको हुँदा नेपालमा रहेका अभौतिक सांस्कृतिक सम्पदालाई क्रमशः सूचीकृत गर्न मौलिक जरोकिलो पार्टी आवश्यक सहयोग गर्न सदैव तत्पर छ,’ प्रदेश महासचिव भण्डारिले बताउनुभयो
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)