बुटवल,माघ १७ ।
नेपाली कांग्रेसले रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा नं ७ मा रहेको बस्तीमा ब्लाङकेट वितरण गरेको छ। कांग्रेसले शुद्धोधन ७ मा रहेका जेष्ठ नागरिकलाई बलाङ्केट वितरण गरेको हो।
स्थानीय ९५ जना जेष्ठ नागरिकलाई ब्लाङकेट वितरण गर्दै कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँंणले जनताको साथी नेपाली कांग्रेस भएको बताउनुभयो ।
उहाँले चिसोका कारण तराई क्षेत्रका नागरिक प्रभाबित भएको भन्दै आफ्नो जन्मदिनको अबसर पारेर जेष्ठ नागरिकहरुलाइ ब्लाङकेट वितरण वितरण गरिएको बताउनुभयो।
सभापति खाँणले जनताको काम गर्न बनेका जनप्रतिनिधिले जनताको पक्षमा काम गर्न नसकेको समेत आरोप लगाउनुभयो ।उहाले निर्बाचनमा कांग्रेसलाइ बिजयी बनाएमा मात्र जनताले सुख पाउने बताउनुभयो ।
सो अबसरमा क्षेत्र नं ३ क्षेत्रीय सभापति सुशिल गुरुङ,सचिव लेखनाथ भट्टराई,तिलोत्तमा नगरका उपसभापति कल्याण पौडेल,शुद्धोधन गाउपालिकाका सभापति दामोदर पौडेल, महाधिवेशन प्रतिनिधि शिवराम न्यौपाने, महाधिवेशन प्रतिनिधि रमेश खनाल,जिल्ला सदस्य कमला पाण्डे लगायले बोल्दै हरेक नागरिकको समस्यामा कांग्रेसले साथ दिने र समस्या समाधान गर्ने बताएका थिए ।
वडा नं ७ सभापति शिवकुमार चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा उपसभापति प्रमोद मिश्रले स्वागत र सचिव भगवती ठाकुरले संचालनमा गर्नुभएको थियो । सो कार्यक्रम नेपाली कांग्रेस क्षेत्रीय प्रतिनिधि सञ्जिब वस्यालको संयोजनमा भएको कांग्रेस जिल्ला सदस्य कमला पाण्डेले नागरिक अनलाइनलाई जानकारी दिनुभयो ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)