Logo बिहिवार, आश्विन १ गते २०८३
images

कोरोनाका कारण ‘लाफा’ बि लेभल पुरुष तथा भेट्रान व्याडमिन्टन प्रतियोगिता स्थगित

कोरोनाका कारण ‘लाफा’ बि लेभल पुरुष तथा भेट्रान व्याडमिन्टन प्रतियोगिता स्थगित

  • 2.0K
    SHARES

  • कोरोनाका कारण ‘लाफा’ बि लेभल पुरुष तथा भेट्रान व्याडमिन्टन प्रतियोगिता स्थगित

    बुटवल, माघ १७ ।

    लाफा समुह बुटवलले माघ तेस्रो साताबाट गर्ने तयारी गरेको ‘लाफा’ बि लेभल पुरुष तथा भेट्रान व्याडमिन्टन प्रतियोगिता २०७८ स्थगित गरेको छ ।

    कोभिड–१९ को तेस्रो संक्रमण (ओमिक्रोन भेरियन्ट) बढ्दै गएपछि समुहले निर्धारित समयमा नगर्ने र हाललाई स्थगित गर्ने निर्णयमा पुगेको हो । 

    समुहको सोमबार बसेको बैठकले हाललाई प्रतियोगिता स्थगित गर्ने निर्णय गरेको प्रतियोगिताका संयोजक तथा समुहका उपाध्यक्ष बबिन थापाले जानकारी दिए ।

    यस्तै कोभिड संक्रमणको परिस्थिति र सरकारको कोभिड संक्रमण सम्बन्धि नयाँ निर्णय अनुसार प्रतियोगिताको नयाँ मिति तय गर्ने समुहका अध्यक्ष तारा रेश्मी मगरले नागरिक अनलाइनलाई जानकारी दिए ।

    समुहले माघको २२ र २३ गते २ दिने लाफा बि लेभल पुरुष तथा भेट्रान व्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको थियो ।  
    लगातार ३ वर्षसम्म राष्ट्रिय लेभलको व्याडमिन्टन प्रतियोगिता आयोजना गर्दै आएको समुहले यस वर्ष स्थानिय स्तरका खेलाडी उत्पादन गर्ने उद्धेश्यका साथ बि लेभलको प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको थियो ।  

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology