बुटवल,असोज २६-
रुपन्देहीमा कोरोना भाइरस सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । अहिलेसम्म रुपन्देहीमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ४० जना पुगेको छ ।
बुटवलको कोरोना बिशेष अस्पतालमा उपचाररत ७९ वर्षीय पुरुषको आज बिहान ७ः३० बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी विष्णु गौतमले नागरिक अनलाइनलाई जानकारी दिए ।
असोज २० गते कोरोना बिशेष अस्पतालमा भर्ना भएका देवदह नगरपालिका १० का सङ्क्रमित पुरुषको भेन्टिलेटरको सहयोगमा उपचारका क्रममा मृत्यु भएको हाे ।
उनमा असोज १९ गते कोरोना सङ्क्रमण पुष्टि भएकाे थियाे ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)