Logo बिहिवार, आश्विन १ गते २०८३
images

थप ३५४० जनामा कोरोना संक्रमण,३२ जनाको मृत्यु, ६३५९ जना निको

थप ३५४० जनामा कोरोना संक्रमण,३२ जनाको मृत्यु, ६३५९ जना निको

  • 2.3K
    SHARES

  • थप ३५४० जनामा कोरोना संक्रमण,३२ जनाको मृत्यु, ६३५९ जना निको

    बुटवल,माघ १६ । 

    नेपालमा थप ३ हजार ५४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। थप ३२ जनाले ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा एन्टिजेन र पीसीआर विधिबाट १३ हजार १४५ जनाको नमूना परीक्षण गर्दा आइतबार ३ हजार ५४० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। 

    गत २४ घण्टामा ९ हजार ९१० नमूनाको पीसीआर र ३ हजार २३५ नमूनाको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ। 

    मन्त्रालयका अनुसार पीसीआर परीक्षणबाट ३ हजार ४९ जना र एन्टिजेन परीक्षणबाट ४९१ जनामा संक्रमण पुष्टि भएको हो। यस्तै, गत २४ घण्टाको अवधिमा ६ हजार ३५९ जना कोरोना संक्रमणबाट मुक्त भएका मन्त्रालयले जानकारी दिएको छ। 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology