Logo बिहिवार, आश्विन १ गते २०८३
images

कोरोना संक्रमणका बेला सार्वजनिक कार्यक्रममा गएका केपी ओलीलाई कारवाहीको माग गर्दै प्रशासनमा उजुरी !

कोरोना संक्रमणका बेला सार्वजनिक कार्यक्रममा गएका केपी ओलीलाई कारवाहीको माग गर्दै प्रशासनमा उजुरी !

  • 2.0K
    SHARES

  • कोरोना संक्रमणका बेला सार्वजनिक कार्यक्रममा गएका केपी ओलीलाई कारवाहीको माग गर्दै प्रशासनमा उजुरी !

    काठमाडौं,माघ १६ ।

    संक्रामक रोग ऐन २०२० विपरित कार्य गरेको भन्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कारवाहीको मागसहित  जिल्ला प्रशासन कार्यालय भक्तपुरमा निवेदन परेको छ ।

    सूर्यविनायक नगरपालिका भक्तपुरका अभिजित अधिकारीले संक्रामक रोग ऐन २०२० बमोजिम कारवाही गर्न माग गर्दै आइतबार उजुरी दिएका हुन् ।

    उजुरीकर्ताले पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले आफु कोभिड संक्रमित हुँदाहुँदै नेकपा एमालेको भ्रातृ संगठन युवा संघले आयोजना गरेको कार्यक्रमम सहभागी भइ हुलहुज्जत गरी आफुलाई सामान्य संक्रमण मात्र भएको भाषण गरेको उल्लेख गरेका छन् । 

    ‘कोरोना संक्रमित केपी शर्मा ओलीको उपस्थिति र उल्लेखित भाषणको बारेमा विभिन्न पत्रपत्रिका, एवम् सञ्चारमाध्यममा समेत समाचार सम्प्रेषण भएका छन् । उक्त समाचारहरु र तस्वीर यसै निवेदनका साथ पेश गर्दछौ’, निवेदकले खुलाएका छन् । 

    ‘यसरी आफु कोरोना संक्रमण फैलाउने कार्य गरी संक्रामक रोग ऐन २०२० विपरित कार्य गरेकाले निज केपी शर्मा ओलीलाई कानुन बमोजिम आवस्यक कारवाही गरी पाउ’, निवेदको दावी छ ।

    kp2_9ln61wkgwF.jpg

     

     

    kp oli corona positive.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology