Logo मंगलवार, श्रावण १२ गते २०८३
images

‘अन्तराष्ट्रिय प्रदर्शनी केन्द्र’को निरिक्षणपछि रुपन्देहीका उद्योगीले भने-‘निमार्णलाई तिब्रता देऊ’

‘अन्तराष्ट्रिय प्रदर्शनी केन्द्र’को निरिक्षणपछि रुपन्देहीका उद्योगीले भने-‘निमार्णलाई तिब्रता देऊ’

  • 2.6K
    SHARES

  • ‘अन्तराष्ट्रिय प्रदर्शनी केन्द्र’को निरिक्षणपछि रुपन्देहीका उद्योगीले भने-‘निमार्णलाई तिब्रता देऊ’

    बुटवल,माघ १६ ।

    बुटवलमा निमार्ण भैरहेको अन्तराष्ट्रिय प्रदर्शनी केन्द्र समयमै नबन्ने निश्चित भएकाे छ । रुपन्देही उद्योग संघले स्थलगत निरिक्षण गर्दै  तथा भैरहेकाे कामकाे बारेमा जानकारी लिएकाे छ। काममा देखिएको सुस्तताप्रति उनीहरुले चासो व्यक्त गर्दै चाडोभन्दा चाडो काम सम्पन्न गर्न उनीहरुले अनुरोध गरे । 

    बुटवल उपमहानगरपालिका–१०, रामनगरस्थित बुटवल मण्डपमा बन्दै गरेको अन्तर्राष्ट्रिय स्तरको उच्च प्रविधियुक्त ‘अन्तराष्ट्रिय प्रदर्शनी केन्द्र’को संघका अध्यक्ष माधव प्रसाद पौडेलको नेतृत्वमा रहेको टोलीले निमार्ण स्थल बुटवल मण्डपमा पुगेर कामको अवस्था र गतिविधिका बारेमा जानकारी लिनुकासाथै निमार्णको कामलाई तिब्र रुपमा बढाउन आग्रह गरेको थियो । 
    स्थलगत निरिक्षण पछि सञ्चारकर्मीहरुसंग कुरा गर्दै अध्यक्ष पौडेलले प्रदर्शनी केन्द्रमा उद्योगीहरुले आशा गरे जस्तो गरि काम नभएको र यो गतिमा काम भएमा समयमा नसकिने होकि भन्ने चिन्ता लागेको बताउनुभयो ।  अध्यक्ष पौडेलले यस क्षेत्रका उद्योगीहरुको पहल र सक्रियतामा बन्दै गरेको प्रदर्शनी स्थलको निमार्ण कार्य द्रतगतिमा  गर्न आग्रह गर्दै निमार्ण सम्पन्न भएमा यस क्षेत्रको आर्थिक तथा  औद्योगिक विकासमा निकै ठूलो परिर्वतन आउने आशा व्यक्त गर्नुभयो । 

    संघका पूर्व अध्यक्ष तथा सल्लाहाकार समितिका संयोजक दिनेशराज रेग्मीले प्रदर्शनीस्थलको अवलोकन गर्दा निराश बनाएको उल्लेख गर्दै तोकिएको समयमा काम सक्ने गरि सम्बबन्धित निकायले ध्यान दिनु पर्ने सुझाव दिनु भयो । संघका निर्वतमान अध्यक्ष बाबुराम बोहोराले प्रदर्शनी केन्द्र यस क्षेत्रकै गहना भएको हुदा त्यसको रेखदेख र खबरदारी गर्ने जिम्मेवारी सबैको भएको हुदा कामको गति बढाउने गरि दवाव सिर्जना गर्नु अनुरोध गर्नु भयो । 

    स्थलगत टोलीमा संघका वरिष्ठ उपाध्यक्ष दिलिप सापकोटा, प्रथम उपाध्यक्ष कृष्ण प्रसाद पराजुली, द्वितिय उपाध्यक्ष जिवकान्त काफ्ले, महासचिव हरि बहादुर खत्री, सचिव बसन्त ढकाल, सहकोषाध्यक्ष सुरेन्द्र ज्ञवाली, संघका प्रमुख कार्यकारी प्रमुख यादव प्रसाद भण्डारी, प्राविधिक सल्लाहाकार ई. सुमन श्रेष्ठ, कार्य समिति सदस्यहरु एवं सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

    एक अर्ब दुई करोडको लागतमा निर्माण हुने बुटवल प्रदर्शनी केन्द्रको पूर्व अर्थमन्त्री तथा रुपन्देहीका सांसद विष्णु पौडेलले २०७६ जेठ २३ गते सोमबार शिलान्यास गरेका थिए । २७ महिनामा निमार्ण सम्पन्न गर्ने गरि थालिएको केन्द्रको काम हाल ३७ प्रतिशत मात्र भएको जनाइएको छ ।

    नेपाल सरकारको सहरी विकास मन्त्रालय, सहरी विकास र भवन निर्माण विभाग अन्तर्गत प्रदर्शनी केन्द्र निर्माण कार्यान्वयन इकाइले ग्लोबल टेन्डर आह्वान गरेर क्यापासिट इन्फ्रा प्रोजेक्ट्स–गौरी पार्वती जेभी कम्पनीले ठेक्का लिएको थियो । बुटवल मण्डपमा १० विघामा अन्तराष्ट्रिय सम्मेलन केन्द्र र ६ बिघा क्षेत्रमा व्यवस्थित प्रदर्शनी केन्द्र बनाउने योजना अनुसार काम भइरहेको छ । 

    प्रदर्शनी केन्द्र मुलुककै ठूलो र आकर्षक हुने दाबी गरिएको छ । प्रदर्शनी केन्द्रमै हरियालीसहितका चिल्डेन पार्क, आधुनिक बैठक कक्ष, व्यवस्थित पार्किङ क्षेत्रसहित हरियालीयुक्त वातावरणका पभेलियनहरु तयार पारिने बताइएको छ ।

    प्रदर्शनीका लागि ट्रस्ट सिस्टमको ठूलो हलमा १२ हजार स्क्वायर मिटरमा प्रदर्शनी गर्न मिल्ने गरी मूल स्थलको डिजाइन गरिएको छ । जसमा ८ सय वटासम्म स्टलहरु राख्न मिल्ने गरि ३ वटा ब्लकको काम भएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology