Logo मंगलवार, श्रावण १२ गते २०८३
images

लुम्बिनी प्रदेशसभा भवन पुरानै डिजाइन बन्ने, दाङको देउखुरीमा धमाधम काम

लुम्बिनी प्रदेशसभा भवन पुरानै डिजाइन बन्ने, दाङको देउखुरीमा धमाधम काम

  • 2.9K
    SHARES

  • लुम्बिनी प्रदेशसभा भवन पुरानै डिजाइन बन्ने, दाङको देउखुरीमा धमाधम काम

    बुटवल,माघ १६ ।

    लुम्बिनी प्रदेशसभा भवन पुरानै डिजाइन बन्ने भएको छ । प्रदेश पूर्वाधार विकास प्राधिकरणले पुरानो डिजाइन परिवर्तन गर्नुपर्ने भन्दै अर्थ मन्त्रालयसँग थप ३ करोड बजेट मागेको थियो ।

    तर मन्त्रालयले स्वीकृति नदिएपछि पुरानै डिजाइनमा निर्माण गर्न लागिएको हो । अर्थले बजेट नदिएको भन्दै दाङ देउखुरीमा जारी भवन निर्माणको काम एक महिनायता रोकिएको थियो ।

    अब प्रदेश सरकारले पुरानै डिजाइनमा बनाउन निर्देशन दिएपछि भवन निर्माणको काम गत बिहीबारदेखि पुनः सुरु भएको प्राधिकरणले जनाएको छ । प्रदेशसभा भवनमा सभाहलसँगै भीआईपी कक्ष, मर्यादा पालकका कोठा गरी १४ वटा कोठाहरू रहनेछन् ।

    कुल पाँच करोड २१ लाख रुपैयाँ लागतमा निर्माण भइरहेको प्रदेश सभा भवनको काम महिना दिनभित्र सक्ने योजना प्राधिकरणको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology