Logo बिहिवार, आश्विन १ गते २०८३
images

माघ १७ गतेदेखि रुपन्देहीका १ लाख ३४ हजार ५३१ वालवालिकालाई बिद्यालयमै गएर खोप लगाइने

माघ १७ गतेदेखि रुपन्देहीका १ लाख ३४ हजार ५३१ वालवालिकालाई बिद्यालयमै गएर खोप लगाइने

  • 2.9K
    SHARES

  • माघ १७ गतेदेखि रुपन्देहीका १ लाख ३४ हजार ५३१ वालवालिकालाई बिद्यालयमै गएर खोप लगाइने

    बुटवल,माघ १६ । 

    रुपन्देहीमा माघ १७ गते देखि तीन दिनसम्म विद्यार्थीलाई विद्यालयमै कोरोना भाइरसविरुद्धको मोडर्ना खोप लगाइने भएको छ ।विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन बन्द रहेपनि खोप लगाउने प्रयोजनका लागि बिद्यालय संञ्चालन हुने भएका हुन ।

    जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका खोप अधिकृत भेषराज शर्माले भने रुपन्देहीका १२ देखी १७ बर्ष सम्मका १ लाख ३४ हजार५ सय ३१ वालवालिका लाई बिद्यालयमै गएर खोप लगाउने बताए ।

    अहिले सम्म रुपन्देहीका सैनामैना नगरपालिका र सियारी गाउँपालिकाका सबै बिद्यार्थीले र तिलोत्तमा नगरपालिकाका १७ हजार बिद्यार्थीमध्ये ८ हजार ७ सय ४० गरि २३ हजार ६सय बिद्यार्थीहरुले कोरोना बिरुद्धका मोडर्नाे खोप लगाईसकिएको वताए ।

    सैनामैना र सियारीमा १२ देखी १७ बर्ष उमेर समुहका बिद्याथीहरुलाई ज्वोरोे र पोजेटिभ देखीएर खोप लगाउन छुटेका खोप लगाउने तयारी भएको शर्माले बताए ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले खोप लगाउन छुटेका १२ देखि १७ वर्ष उमेरका विद्यार्थीलाई माघ २० सम्म विद्यालयमै खोपको व्यवस्था गर्न भनेको थियो । सोही अनुसार स्थानीय तहले सूचना जारी गर्दै खोप लगाउन आह्वान गरेका छन् ।

    खोप अधिकृत शर्माका अनुसार रुपन्देहीका बुटबल उपमहानगरपालिका वाहेक अरुमा ३ दिन र बुटबलमा ४ दिन खोप लगाउने कार्यक्रम रहेको बताए ।१२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई मोडर्ना खोप दिइँदै आइएको छ । यसअघि २७ पुसदेखि १५ माघसम्म सबै विद्यालय बन्दको निर्णय भएकामा लम्ब्याएर माघ मसान्तसम्म कायम गरिएको छ ।

    खोप लगाएको सुनिश्चित गरेपछि परीक्षा सञ्चालन गर्ने सरकारको तयारी पशिक्षा नियन्तण कार्यलयले जनाएको छ । रुपन्देहीमा १७ देखीमाथि उमेर समुहका ८० प्रतिशत जनसंख्याले कोरोना बिरुद्धको खोप लगाएका छन ।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology