Logo बिहिवार, आश्विन १ गते २०८३
images

भोलिका लागि तय भएको प्रतिनिधिसभा बैठक स्थगित,अब माघ २६ गते बस्ने

भोलिका लागि तय भएको प्रतिनिधिसभा बैठक स्थगित,अब माघ २६ गते बस्ने

  • 2.7K
    SHARES

  • भोलिका लागि तय भएको प्रतिनिधिसभा बैठक स्थगित,अब माघ २६ गते बस्ने

    काठमाडौं,माघ १५ ।

    आइतबार बस्ने गरी निर्धारण भएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। 

    संघीय संसद सचिवालयका महासचिव डा भरतराज गौतमले शनिबार एक सूचना जारी गर्दै कोरोना संक्रमणको जोखिम यथावत् रहेका कारण बैठक स्थगित गरिएको जानकारी दिए।

    आइतबार दिउँसो बोलाइएको बैठकको सम्भावित कार्यसूचीमा सहिदहरूप्रति श्रदाञ्जलि अर्पण, प्रधानमन्त्री शेरबहादुर देउवाले थारु आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने र पूर्वसांसद जगतबहादुर ताजपुरियाको निधनमा श्रदाञ्जलि अर्पण गर्नेलगायत रहेका थिए।

    उनका अनुसार स्थगित भएको बैठक अब माघ २६ गते बुधबार दिनको १:०० बजे बस्ने छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology