बुटवल,असोज २६-
बुटवल–पाल्पा सडक आजदेखि दैनिक ३ घण्टा बन्द हुने भएकाे छ ।
दशैँ र तिहारकाे मुखमा सडक मर्मत गर्न थालिएकाे हाे । राजमार्गअन्तर्गत बुटवल-तानसेन सडकखण्डका एकदर्जन ठाउँहरु मर्मतका लागि असोज २९ सम्मबन्द बन्द हुने सडक डिभिजन पाल्पाले जनाएको छ । चारदिन बिहान ६ बजेदेखि ९ बजेसम्म सडक हुनेछ ।
पाल्पाको बर्तुङदेखि चिडियाखोलासम्म राजमार्ग बन्द हुनेछ । राजमार्गको विभिन्न ठाउँमा गएको पहिरो पन्छाउन सडक बन्द गरेर काम गर्नुपरेको सडक डिभिजन पाल्पाका प्रमुख मुकुन्दराज अधिकारीले बताएका छन् ।
सिद्धार्थ राजमार्गका कतिपय ठाउँमा घुम्ती काटेर फराकिलो बनाउने काम समेत भइरहेको छ । प्रहरीले सडक अवरुद्ध भएपछि बुटवलको सिद्धबाबाबाट उता सवारी सधान नलैजान पनि अनुरोध गरेको छ ।
केही साता पहिले अविरल वर्षासँगै झरेको पहिरोले राजमार्गको दर्जनौँ ठाउँमा पहिरो गएको छ । अहिले पनि सडक एकतर्फी सञ्चालनमा छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)