बुटवल,माघ १५ ।
रुपन्देहीको तिलोत्तमा शंकरनगरमा रहेको टाकुरा वचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा राजेन्द्र कुँवर निर्वाचित भएका छन् ।
आज भएको दसौँ साधारण सभा तथा चौथो अधिवेशनले अध्यक्षमा कुँवर,उपाध्यक्षमा खेमराज खनाल,सचिवमा पशुपति चौधरी,कोषाध्यक्षमा वीरेन्द्र राना चयन भएका हुन् । त्यस्तै सदस्यहरुमा सृजना ज्ञवाली,जानुका न्यौपाने,घनश्याम न्यौपाने,भोज राज पौडेल,कृष्ण बहादुर कार्की रहेका छन् ।
त्यस्तै लेखा समिति संयोजकमा शंकर गौतम,सदस्यहरुमा रमेश ज्ञवाली, डोलराज बेल्बासे ,शिक्षा समिति संयोजकमा पूजन भण्डारी रहेका छन् ।
यसअघि भएको खुला सत्रमा संस्थाका अध्यक्ष रमेश ज्ञवालीको अध्यक्षता ,जेष्ठ शेयर सदस्य शिवचन्द्र शाहको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अध्यक्ष ज्ञवालीको नीति तथा कार्यक्रम , कोषाध्यक्ष वीरेन्द्र रानाको आयव्यय प्रतिवेदन तथा लेखा संयोजक शंकर गौतमको आन्तरिक लेखा परिक्षण प्रतिवेदन सर्वसम्मत रुपमा पारित भएको अध्यक्ष कुवरले नागरिक अनलाइनलाई जानकारी दिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)