Logo मंगलवार, श्रावण १२ गते २०८३
images

गृहमन्त्री बालकृष्ण खाणसँग बेलायती राजदूत पोलिटको शिष्टाचार भेट

गृहमन्त्री बालकृष्ण खाणसँग बेलायती राजदूत पोलिटको शिष्टाचार भेट

  • 2.5K
    SHARES

  • गृहमन्त्री बालकृष्ण खाणसँग बेलायती राजदूत पोलिटको शिष्टाचार भेट

    बुटवल,माघ १४ ।

    गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि बेलायती राजदूत निकोला क्याथरिन पोलिटले शुक्रबार शिष्टाचार भेटघाट गरेकी छन्। 

    गृह मन्त्रालयमा शुक्रबार भएको भेटमा नेपाल र बेलायतबीचको दुई सय वर्ष पुरानो सम्बन्ध, सहकार्य  र सहयोगका विषयमा छलफल भएको बताइएको छ। 

    भेटमा गृहमन्त्री खाणले बेलायतले भौतिक पूर्वाधार विकास, स्वास्थ्य, शिक्षा, जनशक्ति विकासबारे गरेको सहयोगका लागि कृतज्ञता व्यक्त गरे।

    उनले लैंगिक हिंसा रोक्न, चेतना अभिवृद्धि, महिला सशक्तिकरणलगायत क्षेत्रमा गरेको कामको लागि धन्यवाद व्यक्त गर्दै आगामी दिनमा यस्ता सहकार्यका लागि गृह मन्त्रालय र आफ्नो व्यक्तिगत तर्फबाट गर्ने सबै सहयोग गर्ने प्रतिबद्धता जनाए। 

    त्यस्तै, गृहमन्त्री खाणले कोभिड–१९ महामारीबाट बच्न खोप वितरणमा खेलेको भूमिका प्रशंशायोग्य रहेको बताए। गृहमन्त्री खाणले नेपालीहरूले गोर्खा सैनिकको रूपमा बेलायती सेनामा लामो सहकार्य गरेको इतिहास भएको बताउँदै राजदूत पोलिटलाई गोर्खा सैनिकहरूको सेवा सुविधाका लागि उठेका मागहरूको सम्बोधन गरिदिन पहल गर्न आग्रह गरे। 


    भेटमा राजदूत पोलिटले कोभिड–१९ विरुद्धको खोपको न्यायोचित वितरणको पक्षमा बेलायत रहेको बताए। त्यस्तै, राजदूत पोलिटले बेलायतमा गोर्खा सेनाको अभूतपूर्व योगदान रहेको र गोर्खा सैनिकको न्यायोचित मागको सम्बोधन गर्न आफूले पहल गर्ने बताइन्। 

    भेटमा राजदूत पोलिटले बेलायतले नेपाललाई आगामी दिनमा सहयोग गर्ने क्षेत्रबारे जानकारी गराइन्। 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology