Logo बिहिवार, आश्विन १ गते २०८३
images

कोरोना संक्रमित केपी शर्मा ओली सार्वजनिक कार्यक्रममा सहभागि भएपछि...

कोरोना संक्रमित केपी शर्मा ओली सार्वजनिक कार्यक्रममा सहभागि भएपछि...

  • 2.5K
    SHARES

  • कोरोना संक्रमित केपी शर्मा ओली सार्वजनिक कार्यक्रममा सहभागि भएपछि...

    काठमाडाै,माघ १४ ।

    कोभिड १९ संक्रमित एमाले अध्यक्ष केपी शर्मा ओली सार्वजनिक कार्यक्रममा सहभागी भएका छन्। भक्तपुरको बालकोटस्थित उनकै निवास नजिकै भएको रक्तदान कार्यक्रममा ओली सहभागी भएको भिडिओ सार्वजनिक भएको हो।

    ओलीलाई गत माघ ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो। बुधबार भएको कार्यक्रमको सार्वजनिक भिडिओमा ओलीले ‘सार्वजनिक कार्यक्रममा तपाईँहरूले पनि डिस्टेन्स मेन्टेन गरेर बस्नुहोस्,’ भनेर भनेका छन्।

    उनको त्यो बोली खस्न नपाउँदै एउटी महिलाले जवाफ दिइन्, ‘हामीलाई बा भएपछि केही हुँदैन।’ त्यसपछि हाँसोको फोहोरा सुनिन्छ/ देखिन्छ।kp oli corona positive.jpg

    राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी भक्तपुर र स्थानीय पार्टीले बालकोटमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो। कार्यक्रममा ओलीलाई सबैले स्वास्थ्य लाभको कामनासमेत गरेका छन्।

    कोभिड १९ पुष्टिपछि आइसोलेसनमा नबस्नु नागरिकको जीवनप्रति गम्भिर खेलबाड :काँग्रेस महामन्त्री शर्मा

    यता नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कोभिड १९ पुष्टि भएपछि आइसोलेसनमा नबस्नु नागरिकको जीवनप्रति गम्भिर खेलबाड भएको बताएका छन् ।

    नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै महामन्त्री शर्माले संक्रमण पुष्टिपछि ‘आइसोलेसन’मा बस्नु हामी सवैको जिम्मेवारी भएको समेत बताएका छन् ।

    कसैको नाम नलिइ शर्माले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘संक्रमण पुष्टिपछि आइसोलेसनमा बस्नु हामी हरेकको जिम्मेवारी हो । पालना नगर्नु बहादुरी होइन गैह्र जिम्मेवारीको पराकाष्ठा, कानूनको उलंघन र अन्य नागरिकको जीवनप्रति गम्भीर खेलबाड समेत हो ।’

    एमाले अध्यक्ष केपी शर्मा ओली दुई दिनअघि कोरोना पोजेटिभ भएकै बेला सार्वजनिक कार्यक्रममा सहभागी भएको भिडियो सार्वजनिक भएको थियो ।

    त्यसपछि ओलीको उक्त कदमको चर्को आलोचना भएको थियो । उनले सोही यहि ज्ञान र बिज्ञान आत्मसात गरेर, संक्रमणपछि आफु पूर्ण आइसोलेसनमा बसेर, बल्ल सांगठनिक काममा फर्केको जानकारी गराएका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology