Logo बिहिवार, आश्विन १ गते २०८३
images

सत्ता गठबन्धनका तीन नेताबीच बालुवाटारमा भेटवार्ता

सत्ता गठबन्धनका तीन नेताबीच बालुवाटारमा भेटवार्ता

  • 2.2K
    SHARES

  • सत्ता गठबन्धनका तीन नेताबीच बालुवाटारमा भेटवार्ता

    बुुटवल,माघ १४ ।

    सत्ता गठबन्धनका तीन नेताबीच बालुवाटारमा भेटवार्ता भएको छ । 

    प्रधानमन्त्री शेरबहादुर देउवा,नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच बालुवाटारमा भेटवार्ता भएको हो । 

    तीन नेताबीच हालै सम्पन्न राष्ट्रिय सभा निर्वाचन तथा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको बताइएको छ । 

    साथै स्थानीय तह निर्वाचनका विषयमा पनि तीन नेताबीच छलफल भएको जनाइएको छ । उनीहरुबीच चुनाव ऐन संशोधनबारे पनि छलफल भएको बताइएको छ । 

    स्थानीय तहको निर्वाचन वैशाखभित्रै गर्ने गरी मिति तोक्न प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवामाथि निर्वाचन आयोगसहित प्रतिपक्षी दल एमालले चर्को दबाब दिइरहेका छन् । 

    तर सत्ता साझेदार दलहरु भने वैशाखमा स्थानीय तहको चुनाव नगर्ने पक्षमा छन् । जसका कारण सत्तारुढ दलका नेताहरुले चुनाव सार्न प्रधानमन्त्री देउवालाई दबाब दिइरहेका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology