Logo बिहिवार, आश्विन १ गते २०८३
images

२४ घण्टामा ८ हजार १७ जनामा कोरोना संक्रमण पुष्टि,१५ जनाको मृत्यु

२४ घण्टामा ८ हजार १७ जनामा कोरोना संक्रमण पुष्टि,१५ जनाको मृत्यु

  • 1.5K
    SHARES

  • २४ घण्टामा ८ हजार १७ जनामा कोरोना संक्रमण पुष्टि,१५ जनाको मृत्यु

    बुुटवल,माघ १३ ।  

    पछिल्लो २४ घण्टामा ८ हजार १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार १५ हजार ७३६जनाको पीसीआर परीक्षण गर्दा ५ हजार ८१६ जना र ६ हजार ७२ जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार २०१ जना गरी ८ हजार १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    कोरोनाबाट पछिल्लो २४ घण्टामा १५ जनाको मृत्यु भएको छ ।

    पछिल्लो २४ घण्टामा ५ हजार २९२ जना कोरोना संक्रमण मुक्त भएका छन् । बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १० लाख ६२ हजार १०५ पुगेको छ ।

    यस्तै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ६८७ पुगेको छ भने ८ लाख ३७ हजार ०४ जना संक्रमणमुक्त भएका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology