Logo बिहिवार, आश्विन १ गते २०८३
images

पाकिस्तानमा पनि टिकटकमाथि प्रतिबन्ध

पाकिस्तानमा पनि टिकटकमाथि प्रतिबन्ध

  • 3.4K
    SHARES

  • पाकिस्तानमा पनि  टिकटकमाथि प्रतिबन्ध

    बुटवल,असोज २५- 

     पाकिस्तानले चिनियाँ भिडियो शेयरिङ एप टिकटकमाथि प्रतिबन्ध लगाएको छ । पाकिस्तानको दूरसञ्चार प्राधिकरण पीटीएले टिकटकमाथि प्रतिबन्ध लगाएको हो ।

    भिडियो शेयरिङ एप्लिकेशनमा अनैतिक र अश्लील सामग्रीविरुद्ध समाजका विभिन्न क्षेत्रबाट गुनासो आएपछि प्रतिबन्ध लगाइएको पीटीएको भनाइ छ । ‘टिकटकले अनैतिक र अभद्र सामग्री फिल्टर गर्न असफल भएकोमा प्रतिबन्ध लगाएको छ’ दूरसञ्चार प्राधिकरणको भनाई उदृत गर्दै अल जजिराले जनाएको छ ।

    टिकटकले अवैध सामग्रीमा सन्तोषजनक रुपमा नियन्त्रण गरेमा आफ्नो निर्णयको समीक्षा गर्ने पीटीएको भनाई छ । पाकिस्तानले टिकटकलाई आपत्तिजनक सामग्रीका विषयमा गत जुलाई महिनामै चेतावनी जारी गरेको थियो । चीनियाँ कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको टिकटक सुरक्षा र गोपनीयता चिन्ताको कारण धेरै देश नियमन गर्ने तयारीमा छन् ।

    यसअघि भारतले टिकटकमाथि प्रतिबन्ध लगाइसकेको छ र अमेरिका र अष्ट्रेलिया यस विषयमा विचारधिन छन् । पीटीएका अनुसार पाकिस्तानमा टिकटकका प्रति महिना दुई करोड एक्टिभ युजर्स छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology