बुटवल,माघ १२ ।
बागमती प्रदेशको दुई रिक्त पदमा पनि सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् । महिलामा गोमादेवी तिमल्सिना र अन्यमा कृष्णप्रसाद पौडेल विजयी भएका हुन् । तिमल्सिना नेकपा एकीकृत समाजवादी र पौडेल नेपाली कांग्रेसका हुन् ।
तिमल्सिना ४ सय ६३ तथा पौडेल ४ सय ५० मतभारले विजयी भएका हुन् । तिमल्सिनाले ४ हजार ८ सय २४ मतभार प्राप्त गरेकी छिन् भने उनकी निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी निरुकुमारी कुँवरले ४ हजार ३ सय ६२ मतभार प्राप्त गरिन् । नेमकिपाकी उम्मेदवार गीता काफ्लेले १३२ मतभार प्राप्त गरिन् ।
अन्यतर्फ पौडेलले ४ हजार ७ सय ९४ मतभार प्राप्त गरेका छन् भने उनका निकटतम एमालेका उम्मेदवार गोपाल शाक्यले ४ हजार ३ सय ४४ मतभार प्राप्त गरेका छन् । त्यस्तै नेमकिपाका उम्मेदवार कृष्णबहादुर तामाङले १ सय ३२ मतभार प्राप्त गरेका छन् ।
यी पनि हेराैँ :-
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)