Logo बिहिवार, आश्विन १ गते २०८३
images

थप ८४५४ जनामा कोरोना संक्रमण पुष्टि,५ जनाको मृत्यु

थप ८४५४ जनामा कोरोना संक्रमण पुष्टि,५ जनाको मृत्यु

  • 1.5K
    SHARES

  • थप ८४५४ जनामा कोरोना संक्रमण पुष्टि,५ जनाको मृत्यु

    बुटवल,माघ १२ ।

    पछिल्लो २४ घण्टामा नेपालमा ८ हजार ४५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । साेही अवधिमा पाँच जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार १३ हजार ५४९ जनाको पीसीआर परीक्षण गर्दा ५ हजार ५७१ जना र ६ हजार ८१० जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार ८८३ जना गरी ८ हजार ४५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा ५ जनाको मृत्‍यु भएको छ भने ४ हजार ४३३ जना कोरोना संक्रमण मुक्त भएका छन् । हाल देशभरमा ९० हजार ६७ सक्रिय संक्रमित छन् ।

    बुधबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १० लाख ५४ हजार ८८ पुगेको छ । यस्तै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ६७२ पुगेको छ भने ८ लाख ३१ हजार ७१२ जना संक्रमणमुक्त भएका छन् ।

    मन्त्रालयका अनुसार हाल देशभरमा ९०  हजार ६७ सक्रिय संक्रमित छन् । जसमध्ये ८८ हजार २४८ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ८१९ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये २५१ जना आईसीयू र ४८ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

    यस्तै १० वर्ष मुनिका ९८ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २६९ जना कोरोना संक्रमित थपिएका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology