Logo मंगलवार, श्रावण १२ गते २०८३
images

राष्ट्रियसभामा एकीकृत समाजवादीको तेस्रो जित, प्रदेश १ मा जयन्ती राई विजयी

राष्ट्रियसभामा एकीकृत समाजवादीको तेस्रो जित, प्रदेश १ मा जयन्ती राई विजयी

  • 5.8K
    SHARES

  • राष्ट्रियसभामा एकीकृत समाजवादीको तेस्रो जित, प्रदेश १ मा जयन्ती राई विजयी

    बुटवल,माघ १२ ।

    राष्ट्रियसभा चुनावअन्तर्गत आज भएको मतदानबाट प्रदेश १ मा जयन्ती राई विजयी भएकी छन् । सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी राई नेकपा एसकी केन्द्रीय उपाध्यक्षसमेत हुन् ।

    महिला तर्फकी उम्मेदवार राईले ४६५२ मत ल्याइन् ।

    निकटतम प्रतिद्वन्द्वी एमालेकी सुमित्रा भण्डारीले ४ हजार ३६२ मत प्राप्त गर्दा राप्रपाकी रन्जु प्याकुरेल १२० मत ल्याएकी छन् । तीन मत बदर भएको छ । यसअघि लुम्बिनीमा राज्यलक्ष्मी गैरे र सुदूरपश्चिममा एकीकृत समाजवादीकी गरिमा शाह राष्ट्रियसभा सदस्यमा निर्वाचित भएकी छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology