Logo मंगलवार, श्रावण १२ गते २०८३
images

सुदूरपश्चिममा एकीकृत समाजवादीकी गरिमा शाह राष्ट्रियसभा सदस्यमा निर्वाचित

सुदूरपश्चिममा एकीकृत समाजवादीकी गरिमा शाह राष्ट्रियसभा सदस्यमा निर्वाचित

  • 4.7K
    SHARES

  • सुदूरपश्चिममा एकीकृत समाजवादीकी गरिमा शाह राष्ट्रियसभा सदस्यमा निर्वाचित

    बुटवल,माघ १२ ।

    राष्ट्रियसभा सदस्य निर्वाचनमा सुदूरपश्चिमबाट महिलातर्फ नेकपा एकीकृत समाजवादीकी गरिमा शाह (मदनकुमारी शाह)  निर्वाचित भएकी छन् ।

    बुधबार दिउँसो भएको मतगणना अनुसार उनले प्रदेशसभाको ३९ र स्थानीय तहको १०९ जनप्रतिनिधिको मत पाइन् । उनकी प्रतिद्वन्द्वी नेकपा एमालेकी उम्मेदवार सन्तोषकुमारी थापाले प्रदेशसभाका १२ र स्थानीय तहका ६४ जनप्रतिनिधिको मत पाइन् ।
    निर्वाचन आयोगले शाह निर्वाचित भएको आधिकारिक घोषणा भने गरेको छैन । सुदूरपश्चिम प्रदेशमा अन्य र दलिततर्फका उम्मेदवारको मतगणना भने भइरहेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology