Logo मंगलवार, श्रावण १२ गते २०८३
images

राष्ट्रियसभा सदस्यका लागि लुम्बिनी प्रदेशमा मतदान सुरु,मुख्यमन्त्री केसीले गरे पहिलाे मतदान

राष्ट्रियसभा सदस्यका लागि लुम्बिनी प्रदेशमा मतदान सुरु,मुख्यमन्त्री केसीले गरे पहिलाे मतदान

  • 3.3K
    SHARES

  • राष्ट्रियसभा सदस्यका लागि लुम्बिनी प्रदेशमा मतदान सुरु,मुख्यमन्त्री केसीले गरे पहिलाे मतदान

    बुटवल,माघ १२ ।

    राष्ट्रियसभा सदस्यका लागि लुम्बिनी प्रदेशमा मतदान सुरु भएको छ। तीन पदका लागि ६  जना मैदानमा छन् ।

    बिहान ९ बजे दाङ घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतदान सुरु भएको हो। सुरुमा लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसीले मतदान गरेका छन्। 

    लुम्बिनी प्रदेशबाट महिलातर्फ कोमल ओली, अन्यतर्फ दृगनारायण पाण्डे र दलिततर्फ रामलखन चमारको कार्यकाल सकिन लागेको हो। त्यही तीन सिटका लागि सत्ता गठबन्धन  र नेकपा एमालेका उमेदवारबीच प्रतिस्पर्धा हुन लागेको हो।

    निर्वाचनमा गठबन्धनका तर्फबाट बाँकेबाट कांग्रेसका  युवराज शर्मा, पाल्पाबाट नेकपा एकीकृत समाजवादीका राज्य लक्ष्मी गैरे र रुपन्देहीबाट राष्ट्रिय जनमोर्चाका तुलप्रसाद बिक राजेश चुनावी मैदानमा छन्। एमालेको तर्फबाट दाङ घोराहीका रामदयाल गुप्ता, बाँकेकी भारती खनाल उपाध्याय र गुल्मीका कृष्ण सुनार चुनावी मैदानमा छन्। 

    राष्ट्रियसभामा प्रदेश सांसद र स्थानीय तहका प्रमुखरउपप्रमुखले मतदान गर्न पाउनेछन्। प्रदेशका तीन र स्थानीय तहका ३र३ वटा मतपेटिका राखिएको छ। कोभिड संक्रमितलाई स्यानिटाइजर गरेर मतदानको व्यवस्था मिलाइएको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ। 

    लुम्बिनीमा प्रदेश सांसद  ८१,  स्थानीय तहका प्रमुख तथा उपप्रमुख मतदाताको संख्या २१५ जना गरी कुल मतदाता संख्या २९६ रहेको छ। 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology