बुटवल,माघ १२ ।
सडक डिभिजन कार्यालय पाल्पाले सडक छेउका घरटहरा हटाउन अल्टिमेटम दिएको छ ।
सिद्धार्थ राजमार्ग (चिडियाखोला-राम्दीक्षेत्र) छेउमा सडक मिचेर बनाइएका संरचना घर, टहरा साथै अन्य संरचना तत्काल हटाउन सडक डिभिजन कार्यालय पाल्पाले उर्दी नै जारी गरेको हो ।
सडक डिभिजनले एक महिनाभित्र सडकको क्षेत्राधिकारभित्र बनेका संरचना हटाउन सूचना प्रकाशित गरेको छ । उक्त सूचनामा पटक पटक सडक कार्यालयले सडक छेउमा बनेका संरचना हटाउन भनेपछि अटेर गरेर हालसम्म पनि कायम राखेका घरटहरा एक महिनाभित्र हटाउन भनेको छ ।
यदि उक्त संरचना नहटाए सडक कार्यालयले नै उक्त संरचना हटाउने र सम्बन्धित व्यक्तिबाटै उक्त संरचना हटाउन लागेको खर्च अशुलउपर गर्ने जनाएको छ ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)