Logo बिहिवार, आश्विन १ गते २०८३
images

सामाजिक अभियान्ता मुक्तिराम पोखरेललाई अष्ट्रेलियामा अवार्ड,मन्त्रीले गरे सम्मान

सामाजिक अभियान्ता मुक्तिराम पोखरेललाई अष्ट्रेलियामा अवार्ड,मन्त्रीले गरे सम्मान

  • 2.8K
    SHARES

  • सामाजिक अभियान्ता मुक्तिराम पोखरेललाई अष्ट्रेलियामा अवार्ड,मन्त्रीले गरे सम्मान

    अष्ट्रेलिया,माघ ११ ।

    सामाजिक अभियान्ता मुक्तिराम पोखरेलले अष्ट्रेलियामा अवार्ड पाएका छन् । अष्ट्रेलियाको बहुसाँस्कृतिक तथा ज्ष्ठ नागरिक मन्त्रालयको st.George community volunteers Awardsबाट सम्मानित भएका हुन्  । 

    अष्ट्रेलियालाई कर्मथलो बनाउँदै आएका अष्ट्रेलियाका नवनियुक्त बहुसाँस्कृतिक तथा जेष्ठ नागरिक मन्त्री मार्क कोर जोसेप (Mark joseph Coure) ले एक कार्यक्रमकाबीच पोखरेले सामाजिक क्षेत्रमा गरेको योगदानको उच्च प्रशंसा गर्दै उक्त अवार्डबाट सम्मान गरेका  हुन् ।

    नेपालमा रहँदा विभिन्न सामाजिक अभियानको अभियान्ता समेत रहनुभएका पोखरेल ९ वर्षदेखी अष्ट्रेलियामा बस्दै आएका छन् ।

    उनले अष्ट्रेलियामा रहँदा पनि विभिन्न सामाजिक संघसंस्थामा रहेर सामाजिक कार्यलाई निरन्तरता दिएका छन् । प्रवासमा रहेर नेपाल, नेपाली र मानव हितका लागि गरेको निस्वार्थ सेवाको उच्च मूल्यांकन गर्दै अष्ट्रेलिया सरकारले गरेको सम्मानले आफुलाई थप जिम्मेवार बन्न सहयोग पुगेको बताए । उनले आगमी दिनमा नेपाल र नेपालीको हितका लागि थप प्रतिवद्ध भएर लाग्ने समेत बताए । 

    पोख्रेल अहिले फेन्का प्रतिनिधि सदस्य, नेपाली कला संस्कृति तथा साहित्यिक प्रतिष्ठानको पूर्व महासचिव, नेप्लिज ब्लड डोनर एसोसिएशन अष्ट्रेलियाका उपाध्यक्ष, अन्तर्राष्ट्रीय साहित्यक समाजका आजीवन सदस्य, नेपाली युथ फोरम अष्ट्रेलियाका संरक्षक र हाल रूपन्देही सामाजिक सञ्जाल अष्ट्रेलियाका अध्यक्ष हुन्  । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology