बुटवल,माघ ११।
रुपन्देहीको देवदह नगरपालिकाको घोडाहा जंगलमा दुईजनाको शव फेला परेको छ । एक महिला र एक बालिकाको शव भेटिएको हाे ।
एक अधवैंशे महिला र अन्दाजी ७ वर्षीया बालिकाको शव पुर्वपश्चिम राजमार्गको छेउ जंगलमा मंगलबार दिउँसो भेटिएको हो ।
शवको प्रकृति हेर्दा बालिकाको घांटी रेटेर हत्या गरेर फालिएको हुन सक्ने इलाका प्रहरी कार्यालय देवदहका प्रमुख प्रहरी निरीक्षक गंगा सारुले नागरिक अनलाइनलाइ जानकारी दिए ।
उनीहरु आमाछोरी हुन सक्ने प्रहरीको अनुमान छ । शवको पहिचान हुन नसकेको र घटनाको अनुसन्धान भइरहेको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)