Logo मंगलवार, श्रावण १२ गते २०८३
images

शिक्षामन्त्री गिरीराजमणि पोखरेललाइ कोरोना संक्रमण पुष्टि

शिक्षामन्त्री गिरीराजमणि पोखरेललाइ कोरोना संक्रमण पुष्टि

  • 2.6K
    SHARES

  • शिक्षामन्त्री  गिरीराजमणि पोखरेललाइ कोरोना संक्रमण पुष्टि

    बुटवल,असोज २५- 

    संघीय सरकारका शिक्षामन्त्री गिरीराजमणि पोखरेललाइ कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्री पोखरेलका मन्त्रीका प्रेस सल्लाहकार सुनिल खड्काले आज कोरोना पुष्टि भएको  बताए ।

    उनका अनुसार पोखरेल शनिबार ज्वरो आउँदा अस्पतालमा भर्ना भएका थिए भने त्यहाँ स्वाब टेस्ट गराउँदा पोजेटिभ देखिएको हो । उनले भने, ‘अहिले उहाँ उपचारमा हुनुहुन्छ । स्वास्थ्य अवस्था सामान्य रहेको छ ।’

    शनिबारमात्रै पर्यटन मन्त्री योगेश भट्टराईमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । 

    स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमितको कुल संख्या हालसम्म १ लाख ७ हजार ७५५ पुगेको छ भने निको हुनेको संख्या ७५ हजार ८०४ रहेको छ। आजमात्रै देशभर २०७१ जना संक्रमित थपिएका छन् । 

    संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश कुमार भट्टराईमा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार गरिएको पीसीआर परीक्षणमा भट्टराईमा कोरोना संक्रमण पुष्टि भएको हो । 

    मन्त्री भट्टराईले आफूमा कोरोना संक्रमण भएको सामाजिक सञ्जालमार्फत जानकारी दिँदै आफ्नो आएकाहरुलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परीक्षण गरी ढुक्क हुन अनुरोध गरेका छन् । 

    गत सोमबार कोरोना परीक्षण गर्दा उनको रिपोर्ट नेगेटिभ आएको थियो । त्यसक्रममा उनी काठमाडौं बाहिरका केही कार्यक्रममा सहभागी भएका थिए । 

    शुक्रबार उपत्यकाबाहिरको कार्यक्रमबाट निवासमा फर्केपछि आफूमा हल्का ज्वरोको महशुस भएको भट्टराईले जानकारी दिएक छन् । त्यसपछि उनले आज शनिबार पुनः कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको आएको हो । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology