Logo बिहिवार, आश्विन १ गते २०८३
images

कोरोना नियन्त्रणमा लुम्बिनी प्रदेश सरकारले गरेका प्रयास बारे प्रदेश प्रमुख शेरचनले लिए जानकारी

कोरोना नियन्त्रणमा लुम्बिनी प्रदेश सरकारले गरेका प्रयास बारे प्रदेश प्रमुख शेरचनले लिए जानकारी

  • 2.6K
    SHARES

  • कोरोना नियन्त्रणमा लुम्बिनी प्रदेश सरकारले गरेका प्रयास बारे प्रदेश प्रमुख शेरचनले लिए जानकारी

    बुटवल,माघ १०।

    लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक कुमार शेरचनले कोरोना संक्रमण नियन्त्रण , खोप अभियान र उपचारमा चासो देखाएका छन्  ।

    पछिल्लो समय कोरोनाको नँया भेरियन्ट तिव्र गतिमा फैलिएपछि सरकारले नियन्त्रणमा गरेका प्रयासका बारेमा जानकारी लिएका हुन । मुख्यमन्त्री कुल प्रसाद केसीसहित सभामुख , प्रदेशका मन्त्रीहरु , स्वास्थ्य मन्त्रालयका सचिब , सुरक्षा निकायका प्रमुख तथा प्रमुख जिल्ला अधिकारीलाई आफ्नै कार्यालय बुटवलमा बोलाएर उनले आईतबार जानकारी लिए ।

    प्रदेश प्रमुख शेरचनले कोरोना  महामारी नियन्त्रणको लागि लुम्बिनी प्रदेशले अभियान नै सञ्चालन गरेर अरु प्रदेशले पनि सिको गर्ने कार्य गर्न शुझाब दिए । उनले प्रयाप्त मात्रामा पिसिआर परिक्षण नभएको , सिरिञ्ज अभाव र आर्थिक अभावले क्वारेन्टाईन सञ्चालन हुन नसकेको मिडियाबाट आफुले जानकारी पाएको  बताउँदै उनले तत्काल तिनै तहका सरकार मिलेर कोरोना नियन्त्रण तथा बिरामीको उपचारमा लाग्नको लागि शुझाब दिए । सरकारको पहिलो दायित्व  नागरिकको जिवन रक्षा भएको प्रमुख बताउँदै शेरचनले  विकास निर्माणका कामहरु स्थगित गरेर भएपनि नागरिकको जिवन सुरक्षा गर्नको लागि ध्यान दिन आग्रह गरे ।  
    यस्तै मुख्यमन्त्री कूलप्रसाद केसीले कोरोना संक्रमण नियन्त्रण र उपचारको लागि प्रदेशका मन्त्रीहरुको अनुगमन समिति बनाएर प्रभावकारी उपचार भए नभएको बारेमा अनुगमनमा जोड दिईएको बताए ।  केन्द्र सरकार र नेपाली सेनाको प्रयाशमा प्रदेशमा रुपन्देही , कपिबस्तु र बाँकेमा गरी  ३ वटा होल्डिङ्ग सेन्टरको निर्माणको काम भईरहेको र बनिसकेका सेन्टरको सञ्चालन गरिने जानकारी दिए ।

    रुपन्देहीमा जग्गा प्राप्त हुन नसक्दा होल्डिङ्ग सेन्टर नबनेको र कपिलबस्तु र बाँकेमा निर्माणको काम अन्तिम चरणमा पुगेको केसीले बताए ।  लुम्बिनी प्रदेशका स्वास्थ्य ,जनसंख्या तथा परिवार कल्याण मन्त्रालयका सचिब बिकाश देवकोटाले अहिले प्रदेशमा कोरोना परिक्षण भएका करिब ६० प्रतिशतमा कोरोना पोजेटिभ देखिने गरेको जानकारी  दिए । नँया भेरियन्टसँगै कोरोना संक्रमण फेलिएपछि प्रदेशमा ११ जनाको मृत्यु भएको बताए ।

    नँया भेरिएन्ट पछि ५ हजार ५ सय २८ जना प्रदेशमा संक्रमित भएको र ५ हजार ३६ जना होम आईसुलेशन , ५० जना संस्थागत आईसुलेशन , ३३ जना आईसियु र १ जना भेण्टिलेटरमा रहेको जानकारी दिए  । प्रदेशमा लुम्बिनी प्रादेशिक , भिम अस्पताल , भेरी र राप्ती अस्पताललाई कोरोना डेडिकेटेट अस्पताल बनाएर तयारी अवस्थामा राखिएको देवकोटाले बताए  ।

    प्रदेशका विभिन्न अस्पतालहरुमा  ६२४ एचडियु ,२५३ आईसियु , र ६२ वटा भेन्टिलेटर तयारी अवस्थामा राखिएकोे छ । अहिलेसम्म प्रदेशमा लक्षित जनसंख्या मध्ये ८३ प्रतिशतलाई पहिलो र ६५ प्रतिशतलाई दोश्रो मात्राको कोरोना विरुद्धको खोप लगाईएको उनले बताए  । अझैं १८ लाख ६२ हजार भन्दा बढि डोज आवश्यकता रहेको सचिब देवकोटाले जानकारी दिए ।  
    ।रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले भारतबाट आएका यात्रुहरुको नाकामा कोरोना परिक्षण गर्दै आएको र संक्रमण पोजेटिभ देखिएकाको ब्यवस्थापमा समस्या रहेको बताए । बेलहिया नाकाबाट देशका विभिन्न ठाउँमा जाने यात्रु आउने र उनिहरुलाई गन्तब्यसम्म ल्यैजानको लागि चुनौंती रहेको गुनाशो पोखे । जिल्लामा अहिलेसम्म ९० प्रतिशतले पहिलो र ८०प्रतिशतले दोश्रा मात्राको खोप लगाईसकेको जानकारी दिए ।

    नेपाली प्रहरी लुम्बिनी प्रदेश प्रमुख प्रकाश अधिकारीले प्रहरीले कोरोना संक्रमणबाट बच्नको लागि नागरिकमा सुरक्षा सचेतना फैलाईरहेको बताए ।  नागरिकलाई मास्क वितरण गर्दै जनचेतना फैलाईरहेको जानकारी दिए । भारतबाट आउने गाडीका चालकको कोरोना परिक्षण नहुँदा संक्रमण फैलिन सक्ने भएकाले उनिहरुको चेकको ब्यवस्था मिलाउनु पर्नेमा जोड दिए   यस्तै नेपाली सेनाका महासेनानी मचिन्द्र थापाले प्रदेशको रुपन्देही , बाँके र कपिलबस्तुमा अहिले होल्डिङ्ग सेन्टर निर्माणको काम  भईरहेको र कपिलबस्तुमा ८२ प्रतिशत भौंतिक र ५५ प्रतिशत आर्थिक प्रगति भएको दाबी गरे ।  

    बाँकेको जमुना नाकामा हजार जना क्षमताको लागि बनेको र अहिले ३०० जना राख्न सकिने जानकारी दिए । यस्तै प्रदेशका सभामुख पूर्णबहादुर घर्ती ,  आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्का , सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्मा , स्वास्थ्य ,जनसंख्या तथा परिवार कल्याण मन्त्री ईन्द्रजित थारु लगायतले कोरोना संक्रमण रोकथाम नियन्त्रणका प्रयाशका बारेमा प्रदेश प्रमुखलाई जानकारी गराए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology