Logo मंगलवार, श्रावण १२ गते २०८३
images

नेपालको अर्थतन्त्र : ६ महिनामै १० खर्बको आयात,व्यापार घाटा ८ खर्ब ८० अर्ब

नेपालको अर्थतन्त्र : ६ महिनामै १० खर्बको आयात,व्यापार घाटा ८ खर्ब ८० अर्ब

  • 2.5K
    SHARES

  • नेपालको अर्थतन्त्र :  ६ महिनामै १० खर्बको आयात,व्यापार घाटा ८ खर्ब ८० अर्ब

    बुटवल,माघ १०।

    चालु आर्थिक वर्ष २०७८-७९ को पहिलो ६ महिनामै वस्तु आयातको आंकडा १० खर्ब नजिकै पुगेको छ । भन्सार विभागको तथ्यांक अनुसार साउन-पुससम्म कुल ९ खर्ब ९९ अर्ब ३४ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ ।paral ma ago.jpg

    यो गत आव २०७७-७८ को यसै अवधिको तुलनामा ५१.१३ प्रतिशत धेरै हो ।  सो वर्ष ६ महिनामा ६ खर्ब ६१ अर्ब २४ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ ।
    सरकारले उच्च आयात नियन्त्रण गर्न पुस पहिलो साता नियन्त्रात्मक प्रावधान ल्याएको थियो । तर, आंकडामा भने त्यसको प्रभाव परेको देखिँदैन । पुस महिनामा मात्र १ खर्ब ६१ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ ।

    ६ महिनामा निर्यात भने १ खर्ब १८ अर्ब रुपैयाँ बराबरको भएको छ । निर्यातको वृद्धिदर ९५.४८ प्रतिशत छ । अघिल्लो आवको ६ महिनामा वस्तु निर्यात ६० अर्ब ७९ करोड रुपैयाँ बराबरको थियो ।

    बढ्दो आयात र कमजोर निर्यातका कारण व्यापार घाटा चुलिएको छ । आंकडा अनुसार ६ महिनामा नेपालको वैदेशिक व्यापार घाटा ८ खर्ब ८० अर्ब ४९ करोड रुपैयाँ पुगेको छ । यो गत आवको यसै अवधिको तुलनामा ४६.६४ प्रतिशत धेरै हो ।

    वैदेशिक व्यापारको आकार ११ खर्ब माथि :

    paral ma ago.jpg

    भन्सार विभागको तथ्यांक अनुसार चालु आवको पहिलो ६ महिनामै वैदेशिक व्यापारको आकार भने ११ खर्ब नाघिसकेको छ ।

    यस अवधिमा कुल ११ खर्ब १८ अर्ब १८ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । यो गत आवको यसै अवधिको तुलनामा ५४।८६ प्रतिशत बढी हो । गत आवमा वैदेशिक व्यापारको आकार ७२ अर्ब २० करोड रुपैयाँ रहेको थियो ।

    ६ महिनाको आंकडा हेर्दा पेट्रोलियम पदार्थको आयात मात्र १ खर्ब ५३ अर्ब रुपैयाँको भइसकेको छ । फलाम तथा स्टीलको आयात ८४ अर्ब ९३ करोड रुपैयाँको भइसकेको छ । वनस्तति तेल तथा घिउजन्य वस्तुको आयात ७८ अर्ब ९ करोड र निर्यात ६८ अर्ब ६७ करोड रुपैयाँ बराबरको भएको छ ।

    ६ महिनाको वैदेशिक व्यापार :

    आयात : ९ खर्ब ९९ अर्ब ३४ करोड रुपैयाँ ५१.१३ प्रतिशत बढेको

    निर्यात : १ खर्ब १८ अर्ब ८५ करोड रुपैयाँ ९५.४८ प्रतिशत बढेको

    व्यापार घाटा : ८ खर्ब ८० अर्ब ४९ करोड रुपैयाँ ४६.६४ प्रतिशत बढेको

    कुल वैदेशिक व्यापार : ११ खर्ब १८ अर्ब १९ करोड रुपैयाँ ५४.८६ प्रतिशत बढेको

    व्यापारमा आयातको हिस्सा : ८९.३७ प्रतिशत २.४१ प्रतिशत घटेको

    व्यापारमा निर्यातको हिस्सा : १०.६३ प्रतिशत २६.२३ प्रतिशतले बढेको

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology