Logo मंगलवार, श्रावण १२ गते २०८३
images

लुम्बिनी प्रादेशिक अस्पताल र पत्रकार महासंघबिच सहकार्य,पत्रकारलाई निःशुल्क आईसीयु र एचडियु सेवा दिइने

लुम्बिनी प्रादेशिक अस्पताल र पत्रकार महासंघबिच सहकार्य,पत्रकारलाई निःशुल्क आईसीयु र एचडियु सेवा दिइने

  • 3.6K
    SHARES

  • लुम्बिनी प्रादेशिक अस्पताल र पत्रकार महासंघबिच सहकार्य,पत्रकारलाई निःशुल्क आईसीयु र एचडियु सेवा दिइने

    बुटवल,माघ ९ ।

    लुम्बिनी प्रादेशिक अस्पताल र पत्रकार महासंघ रुपन्देहीबिच समझदारी भएको छ ।फ्रण्टलाईनमा खटिएर काम गर्ने पत्रकारलाई आईसीयु (इन्टेन्सिभ केयर युनिट) र एचडियु (हाई डिपेन्डेन्सी युनिट) सेवा निःशुल्क हुने भएको छ ।

    पत्रकारलाई कोरोना संक्रमण भएमा उनीहरुको उपचारलाई सहज बनाउनको लागि नेपाल पत्रकार महासंघ रुपन्देहीको पहलमा पत्रकारलाई आईसीयु र एचडियु सेवा निःशुल्क गरिएको हो । कोरोना संक्रमित पत्रकारहरुका लागि सहज रुपमा उपचारको व्यवस्था मिलाउने गरी नेपाल पत्रकार महासंघ रुपन्देही र लुम्बिनी प्रादेशिक अस्पताल बुटवलबिच सहमति गरिएको छ ।

    सहमति माघ ७ गतेबाटै लागु हुनेछ । नेपाल पत्रकार महासंघ रुपन्देहीको तर्फबाट अध्यक्ष रामराज पोखरेल र अस्पतालको तर्फबाट प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. ईन्द्र ढकालले साे सहमति पत्रमा हस्ताक्षर गर्नुभएको छ ।

    fnj.jpg

    सहमति अनुसार नेपाल पत्रकार महासंघको सिफारिस र प्राथमिकताको आधारमा पत्रकारलाई एउटा एचडियु वेड तथा एउटा आईसीयु वेड निःशुल्क उपलब्ध गराउने र ज्वरो क्लिनिकमा निःशुल्क परामर्श सेवा तथा पिसिआर परीक्षणलाई निःशुल्क हुनेछ ।

    सहमति पत्रमा हस्ताक्षर पछि बोल्दै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.ढकालले नागरिकलाई शुसुचित गराउने सन्दर्भमा फ्रन्टलाइनमा खटिई कार्य गर्ने पत्रकार तथा सञ्चारकर्मीहरुलाई तेश्रो लहरको बेला सहज र प्राथमिकताका साथ उपचार प्रबन्ध मिलाईदिन महासंघको आग्रह अनुसार सेवा व्यवस्थापन गरिएको बताउनुभयो ।

    उहाँले आफ्नो कार्यकालमा पत्रकारहरुको लागि अन्य समयमा पनि कार्यान्वयन हुने खालको योजना बनाएर सम्झौता गर्ने आश्वास समेत दिनुभयो । त्यस्तै नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले पत्रकारहरुले अस्पतालबाट आगामी दिनमा पनि थप सुविधा पाउने आशा व्यक्त गर्नुभयो । उहाँले महासंघले सधै पत्रकारको हकहितमा काम गर्ने बताउँदै यसले पत्रकारलाई ढुक्क भएर काम गर्ने वातावरण सिर्जना गरिएको बताउनु भयो ।

    साे अवसरमा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष पाेखरलसहित उपाध्यक्षद्वय विश्वास ढकाल,अमृता अनमोल, कोषाध्यक्ष सञ्जय सौगात,कार्यसमिती सदस्य आचार्य प्रदीप लगायतको सहभागिता रहेको थियो ।

    fnj.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology