Logo बिहिवार, आश्विन १ गते २०८३
images

मन्त्री रेणु यादवलाई बर्खास्त गर्न शान्ति समाजको माग

मन्त्री रेणु यादवलाई बर्खास्त गर्न शान्ति समाजको माग

  • 3.2K
    SHARES

  • मन्त्री रेणु यादवलाई बर्खास्त गर्न शान्ति समाजको माग

    बुटवल,माघ ९ ।

    मानव अधिकार तथा शान्ति समाजले हिंसात्मक अभिव्यक्ति दिने भौतिक पूर्वधार तथा यातायातमन्त्री रेणु यादवलाई बर्खास्त गर्न माग गरेको छ ।

    समाजले आइतबार वक्तव्य जारी गर्दै मन्त्री यादवले हालै रौतहटको गौरमा दिएको  अभिव्यक्ति मन्त्री पदको गरिमा र लोकतान्त्रिक मर्यादाविपरीत भएको भन्दै बर्खास्त गर्न माग गरेको हो ।

    मन्त्री यादवको अभिव्यक्तिले अपराधलाई बढावा दिने भन्दै समाजले मन्त्री पदबाट बर्खास्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेको हो । साथै सीके राउत नेतृत्वको जनमत पार्टीका अराजक र उच्छृंखल गतिविधिको समेत समाजले निन्दा गरेको सभापति गाेविन्द खनालद्वारा जारी बिज्ञप्तिमा भनिएको छ ।

    गत बुधबार रौतहटमा आयोजित एक कार्यक्रममा मन्त्री यादवले जनमत पार्टीका अध्यक्ष सिके राउतलाई लक्षित गर्दै गौर हत्याकाण्ड दोहोरिने चेतावनी दिएकी थिइन् ।

    २०६३  चैत ७ गते रौतहटको गौरमा तत्काली  नेकपा माओवादीले आयोजना गरेको कार्यक्रममा तत्कालीन मधेशी जनअधिकार फोरमका कार्यकर्ताले आक्रमण गरेका थिए ।  आक्रमणबाट माओवादीका २७ कार्यकर्ताको मृत्यु भएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology