Logo बिहिवार, आश्विन १ गते २०८३
images

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) बैशाखमा हुने

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) बैशाखमा हुने

  • 2.9K
    SHARES

  • यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) बैशाखमा हुने

    बुटवल,माघ ९ । 

    यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी बैशाखमा सञ्चालन गर्ने तयारी गरिएको छ। राष्ट्रिय परीक्षा बोर्डले आगामी बैशाखको पहिलो साता परीक्षा गर्ने तयारी गरेको स्पष्ट पारेको छ।

    आगामी बैशाखको सुरुमा परीक्षा सञ्चालन हुने बताउँदै बोर्डले परीक्षा तालिका केही दिनभित्रै सार्वजनिक गर्ने जानकारी दिएको छ। कोरोनाका कारण शैक्षिक सत्र केही ढिला सुरु भएकाले पनि परीक्षा सारिएको बोर्डको भनाइ छ।

    आगामी चैतमा शिक्षक सेवा आयोगले स्थायी शिक्षक पदका लागि लिखित परीक्षा सञ्चालन गर्न लागेकाले एसईई केही पछि सार्नु परेको जनाइएको छ।

    विगतमा मंसिरमा परीक्षा तालिका सार्वजनिक गरी चैतमा परीक्षा सञ्चालन गरिन्थ्यो। कोभिड–१९ का कारण गएका दुई वर्षमा बोर्डले परीक्षा सञ्चालन हुन सकेन। 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology