Logo मंगलवार, श्रावण १२ गते २०८३
images

उद्योग ब्यापार संघ बुटवलद्वारा राधाकृष्ण मन्दिरलाई २५ हजार आर्थिक सहयोग

उद्योग ब्यापार संघ बुटवलद्वारा राधाकृष्ण मन्दिरलाई २५ हजार आर्थिक सहयोग

  • 1.9K
    SHARES

  • उद्योग ब्यापार संघ बुटवलद्वारा राधाकृष्ण मन्दिरलाई २५ हजार आर्थिक सहयोग

    बुटवल,माघ ९ ।

    उद्योग ब्यापार संघ बुटवलले देवीनगरस्थित राधाकृष्ण मन्दिरलाई आर्थिक सहयोग गरेको छ ।

    संघले गत पुस ८ देखि २० गतेसम्म चौथो राष्ट्रिय औद्योगिक ब्यापार मेला तथा कृषि र पर्यटन महोत्सव सञ्चालन गर्दा उक्त मन्दिरले मेलामा धार्मिक गतिविधि सञ्चालनमा सहकार्य गरेको थियो ।

    सोही सहकार्य अनुसार संघले मन्दिरलाई २५ हजार रुपैयां प्रदान गरेको हो । संघका महासचिव पदम जीसी र कोषाध्यक्ष अन्जु पाण्डेले मन्दिर व्यवस्थापन समितिका अध्यक्ष टिकिसरा बस्याललाई २० हजारको चेक र ५ हजार रुपैयां नगद हस्तान्तरण गरेका हुन् ।

    संघको आर्थिक सहयोगबाट मन्दिरमा सत्संग कक्ष बनाउन टेवा पुग्ने अध्यक्ष बस्यालले बताइन् । मेलाबाट वचत भएको रकमको केही अंश अन्य सामाजिक काममा पनि लगानी गर्ने संघको लक्ष्य रहेको महासचिव जीसीले नागरिक अनलाइनलाइ बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology