Logo बिहिवार, आश्विन १ गते २०८३
images

गुल्मीको मुसिकोटमा जीप दुर्घटना १ जनाको मृत्यु, ६ जना घाइते

गुल्मीको मुसिकोटमा जीप दुर्घटना १ जनाको मृत्यु, ६ जना घाइते

  • 1.7K
    SHARES

  • गुल्मीको मुसिकोटमा जीप दुर्घटना १ जनाको मृत्यु, ६ जना घाइते

    गुल्मी माघ,८ ।

    गुल्मीको मुसिकोटमा जीप दुर्घटना १ जनाको मृत्यु भएको छ भने  ६ जना घाइते घाइते भएका छन् । जीपमा ७ जना यात्रु सवार रहेका थिए ।

    शुक्रबार बेलुकी जिल्लाको मुसिकोट नगरपालिका वडानम्बर– ९ उर्लेनिबाट छिमेकी जिल्ला बाग्लुङको काडेबासतर्फ जाँदै गरेको लु१च ७२९८ नम्बरको जिप मुसिकोटको ददल्कामा दुर्घटना भएको हो ।

    जीप सडकबाट करीब ४० मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते भएका मुसिकोट नगरपालिका वडानम्बर–९ का ५५ वर्षीय कालु भनिने तीर्थ विकको वामिटक्सारमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

    दुर्घटनामा घाइतेमध्ये चालकसहित चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । सोही वडाका सवारी चालक २७ वर्षीय शंकर परियार, सोही वडाकै वर्ष ५८ का रिखे विक, २० वर्षीया सविना विक र वर्ष ५४ का सन्तवीर विक गम्भीर घाइते भएका छन् । उनीहरूलाई थप उपचारको लागि पाल्पा पठाइएको छ ।

    घाइते २० वर्षीय प्रकाश विक र २६ वर्षीया रमिला विकको स्थानीय मेडिकलमा उपचार भइरेहेको प्रहरीले जनाएको छ । चिप्लो र अप्ठ्यारो सडक भएका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको भनाइ छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology