Logo मंगलवार, श्रावण १२ गते २०८३
images

रुपन्देही तिलोत्तमाकी ६६ बर्षीया कोरोना संक्रमित महिलाको दाङ बेलझुण्डीमा मृत्यु  

रुपन्देही तिलोत्तमाकी ६६ बर्षीया कोरोना संक्रमित महिलाको दाङ बेलझुण्डीमा मृत्यु  

  • 4.3K
    SHARES

  • रुपन्देही तिलोत्तमाकी  ६६ बर्षीया कोरोना संक्रमित महिलाको दाङ बेलझुण्डीमा मृत्यु  

    बुटवल,असोज २४-

    रुपन्देहीकी एकजना कोरोना संक्रमित महिलाको शनिवार दाङको तुलसीपुरस्थित कोरोना विशेष अस्पताल बेलझुण्डीमा मृत्यु भएको छ ।

    रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ३ निवासी ६६ बर्षीया कोराना संक्रमित महिलाको शनिवार विहान ८ बजेतिर कोरोना विशेष अस्पताल बेलुझण्डीमा मृत्यु भएको जिल्लाका कोरोना फोकल पर्सन कमल चन्दले जानकारी दिए ।

    कोरोना विशेष अस्पताल बेलझुण्डीमा कोरोनाका कारण मृत्यु हुने उनी नै पहिलो व्यक्ति हुन ।    

    आइसियू बेडको अभावका कारण ती महिलाई रुपेन्देहीवाट शुक्रवार राति साढे १० बजे बेलझुण्डी अस्पतालमा ल्याएर भर्ना गरिएको थियो । बेलझुण्डी अस्पतालमा  आइसियूमा राखेर उपचार सुरु गरेपनि स्वास्थ्यमा कुनैपनि सुधार नआएपछि शनिवार विहान उनको  मृत्यु भएको फोकल पर्सन चन्दले जानकारी दिए ।  

    ती महिलामा यसअघि उच्च रक्तचाप, सुगर जस्ता रोगहरु रहेको चन्दले बताए । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology