Logo मंगलवार, श्रावण १२ गते २०८३
images

सरकारविरुद्ध नेविसंघ सडकमा : पेट्रोलियम पदार्थ र खाद्यान्नमा भएको मूल्य वृद्धि खारेज गर्न माग

सरकारविरुद्ध नेविसंघ सडकमा : पेट्रोलियम पदार्थ र खाद्यान्नमा भएको मूल्य वृद्धि खारेज गर्न माग

  • 1.7K
    SHARES

  • सरकारविरुद्ध नेविसंघ सडकमा :  पेट्रोलियम पदार्थ र खाद्यान्नमा भएको मूल्य वृद्धि खारेज गर्न माग

    बुटवल,माघ ७ । 

    नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थसहितका दैनिक उपभोग्य वस्तुहरूको मूल्य वृद्धि तत्काल खारेज गर्न माग गर्दै सरकारविरुद्ध प्रदर्शन शुरु गरेको छ । 

    शुक्रवार नेपाल विद्यार्थी संघमा आबद्ध विद्यार्थीहरूले काठमाडौंको कोटेश्वर, मीनभवन, माइतीघर मण्डलालगायतका स्थानमा भेला भई पेट्रोलियम पदार्थसहितको दैनिक उपभोग्य वस्तुहरूमा वृद्धि गरिएको मूल्य तत्काल खारेज गर्न माग गर्दै सरकारविरुद्ध प्रदर्शन गरेका हुन् ।

    त्यसक्रममा उनीहरूले मूल्य वृद्धिको विरोधमा हस्ताक्षर संकलन पनि गरेका छन् । मूल्य वृद्धिको चर्को मारमा परेपछि त्यसको विरोधमा हस्ताक्षर अभियानसमेत सञ्चालन गरिएको र त्यो छिट्टै सरकारलाई बुझाउने नेपाल विद्यार्थी संघ, प्राविधिक विद्यार्थी परिषदका अध्यक्ष आदर्श मल्लले जानकारी दिए ।

    उनले कोरोना संकटमा पनि सरकारले दैनिक उपभोग्य वस्तुहरूको चर्को मूल्य वृद्धि गरेकाले त्यसको विरोध गर्नुपरेको स्पष्ट पारे । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology