बुटवल,माघ ६ ।
साहसी कदम नेपालको आयोजनामा महिलाबाद र तन्त्रबारे बुटवलमा अन्तरक्रिया भएको छ । बिहीवार सामाजिक दुरी सहित आयाेजित एक कार्यक्रमका बिचमा अन्तरक्रिया भएको हो।
कार्यक्रममा बोल्दै भिक्षु कश्यप(सुनिलबाबु पन्त)ले महिलाबादको बारेमा उल्लेख गर्दै धार्मिक परम्परा अनुसार सबै धर्ममा पुरुष नै रहेको बताए । उनले तन्त्रमा मात्रै मातालाई नै प्रमुख मानिएको उल्लेख गरे। तन्त्रलाई उर्जाको सहाराको रुपमा हेर्नुपर्ने उल्लेख गरे। तन्त्र मातृसतात्मक रहेको उल्लेख गर्दै तान्त्रिक रुपमा महिलालाई प्रमुख मानिने उल्लेख गरे ।
निलहिरा समाजको सस्थापक अध्यक्ष समेत रहेका भिक्षु कश्यपले तन्त्रले तेसोलिङ्गीलाई समेत राम्रो स्थान दिइएको उल्लेख गर्दै मन्दिरहरुको बाहिर पनि धेरै आकृतिहरु चित्रित रहेको उल्लेख गरे ।
पितृसत्तात्मक प्रणालीले भन्दा मातृसतात्मक प्रणालीले पछि पारिएको याैनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय (एलजीबिटीआइक्यू )लाई प्राथमिकतामा राखेको उल्लेख गरे। साहसी कदम नेपाल अध्यक्ष आनिक रानाले भिक्षु कश्यपले सांसद भएको समयमा उठाएका तेस्रोलिङ्गिका मुद्दाले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका ब्यक्तिलाई शाहस र उर्जा मिलेको बताईन।
उनले अझैपनी यौनिक तथा अल्पसंख्यक समुदायलाई विभेद भएको बताउदै अझैपनि मुद्दाहरुमा लडिरहेको बताईन्।कार्यक्रममा पत्रकार, स्वास्थ्यकर्मी, यौनिक तथा अल्पसंख्यक समुदायका ब्यक्तिहरु, अधिवक्ता लगायतको सहभागिता रहेको थियो।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)