Logo मंगलवार, श्रावण १२ गते २०८३
images

पहिलो पाईला र लगइन एजुकेसनको रक्तदान,३० युनिट रगत संकलन

पहिलो पाईला र लगइन एजुकेसनको रक्तदान,३० युनिट रगत संकलन

  • 2.8K
    SHARES

  • पहिलो पाईला र लगइन एजुकेसनको रक्तदान,३० युनिट रगत  संकलन

    बुटवल,​​​​​​​माघ ६ । 

    पहिलो पाईला नेपाल बुटवल शाखा र लगइन एजुकेसनको सहकार्यमा बुटवलमा रक्तदान कार्यक्रम भएको छ ।लगइन एजुकेसनका संचालक स्व. राजन घिमिरेको सम्झनामा रक्तदान कार्यक्रम भएको हो  ।

    संस्थाका अध्यक्ष पारस मरासिनीको अध्यक्षता तथा माया घिमिरेको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको हो ।कार्यक्रममा पहिलो पाईला बुटवल साखाका सल्लाहकार गङ्गाधर न्यौपाने ,केन्द्रिय  कार्यसमिती सदस्य लक्ष्मी केसी, सालिक भुसाल तिलोत्तमा साखाका अध्यक्ष रुबिन पाण्डे,सामाजिक अभियान्ता सृजना गिरि लगइनका संचालक अर्जुन खनाल लगायतले बोल्दै स्व घिमिरेको योगदानको चर्चा गरेका थिए ।

    कार्यक्रममा ३० युनिट रगत संकलन भएको कार्यक्रम सम्योजक बाबुराम खनालले नागरिक अनलाइलाइ जानकारी दिए ।

    घिमिरेको गतबर्ष कोरोना भाइरस संक्रमणका कारण निधन भएको थियो ।bloos.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology