Logo मंगलवार, श्रावण १२ गते २०८३
images

मधेस प्रदेशमा राष्ट्रियसभा सदस्य निर्वाचनका लागि एमाले र लोसपाबीच गठबन्धन

मधेस प्रदेशमा राष्ट्रियसभा सदस्य निर्वाचनका लागि एमाले र लोसपाबीच गठबन्धन

  • 5.8K
    SHARES

  • मधेस प्रदेशमा राष्ट्रियसभा सदस्य निर्वाचनका लागि एमाले र लोसपाबीच गठबन्धन

    बुटवल,माघ ६ । 

    राष्ट्रियसभा सदस्य निर्वाचनका लागि नेकपा एमाले र लोकतान्त्रिक समाजवादी (लोसपा) बीच मधेस प्रदेशमा गठबन्धन हुने भएको छ । आउँदो १२ गते राष्ट्रियसभाको निर्वाचन हुँदैछ ।

    आज जनकपुरमा संयुक्त पत्रकार सम्मेलन गरेर दुवै दलले गठबन्धनको घोषणा गरेका छन् । एमाले प्रदेश कमिटी रामऔतार यादव र लोसपाका प्रदेश अध्यक्ष जितेन्द्र सोनलले सहमति पत्रमा हस्ताक्षर गर्दै एमालेका उम्मेदवार उसमान अन्सारी र लोसपा उम्मेदवार रिता यादवलाई मतदान गर्न आव्हान गरेका छन् ।

    एमाले सचिव रघुवीर महासेठ, मधेस प्रदेश संसदीय दलका नेता एवं प्रदेश अध्यक्ष जितेन्द्र सोनललगायतका नेता कार्यकर्ता घोषणा कार्यक्रममा सहभागी थिए ।madhes-uml-losapa.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology