बुटवल,माघ ६ ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संविधानले स्थानीय तहमा जनप्रतिनिधि रिक्तताको कल्पना नै नगरेको बताएका छन्।
सत्तारुढ दलभित्र स्थानीय तह वा संसदीय निर्वाचनमध्ये कुन पहिले गर्ने भन्ने विषयमा विवाद रहेकै बेला कांग्रेस महामन्त्री थापाले निर्वाचनबारे कुनैपनि निर्णय गर्दा स्थानीय तह रिक्त हुन पुग्छ भने त्यो असंवैधानिक नै हुने बताएका छन्।
बिहीबार दिउँसो सामाजिक सञ्जाल ट्विटरमार्फत् धारणा सार्वजनिक गर्दै उनले सरकारका हरेक निर्णय संविधानसम्मत हुनुपर्ने बताएका छन्।
थापाले वर्तमान सरकार असंवैधानिक कदमविरुद्धको संघर्षबाट बनेको भन्दै हरेक निर्णय संविधानको कसीमा सही हुनुपर्ने बताएका हुन्।
‘हामीले बनाएको संविधानले स्थानीय तहमा जनप्रतिनिधिको रिक्तताको कल्पना नै गरेको छैन। अतस् निर्वाचनबारे कुनैपनि निर्णय गर्दा स्थानीय तह रिक्त हुन पुग्छ भने त्यो असंवैधानिक नै हुन्छु,थापाले भनेका छन्,कांग्रेस प्रष्ट छ असंवैधानिक कदमविरुद्धको संघर्षबाट बनेको यो सरकारका हरेक निर्णय संविधानको कसीमा सही हुनैपर्छ।’
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)