बुटवल,माघ ५।
रूपन्देहीको बुटवल उपमहानगरपालिका–१२ नयाँगाउँमा नेपाली कांग्रेसले लुम्बिनी प्रदेश कार्यालय स्थापना गरेको छ । कार्यालय प्रदेश सभापति अमरसिंह पुनले कार्यालय शुरू गरे ।
गत मंसिर १८ गते नेपाली कांग्रेसको प्रदेश अधिवेशन भएको थियो । पार्टीको प्रदेश कार्यसमिति चयनसँगै कार्यालय स्थापना गरेको हो ।
तर कार्यालयको औपचारिक शुभारम्भ पार्टीका केन्द्रीय नेताहरूको उपस्थितिमा गरिने प्रदेश सभापति पुनले नागरिक अनलाइनलाइ बताए ।
२१ वटा कोठा र मिटिङ हल सहितको घरबाट अब पार्टीको प्रदेश गतिविधि अघि बढ्ने प्रदेश कार्यसमितिका सदस्य प्रकाश रानाले जानकारी दिए ।
अब दैनिक रूपमा प्रदेश कार्यालय खुला रहने र प्रदेश पदाधिकारीहरू सकेसम्म कार्यालयमा दिनको एकपटक पुग्ने गरी समय व्यवस्थापन गर्ने बताइएको छ । जिल्ला–जिल्लाबाट आउने कार्यकर्ताका समस्या र गुनासाहरू सुन्नका लागि पनि कार्यालयमा पुग्ने सभापति पुनको दाबी छ ।
पुनले कार्यालयमा आफ्ना प्रतिस्पर्धी भरककुमार शाहको पनि कार्यकक्ष रहने बताए ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)