Logo बिहिवार, आश्विन १ गते २०८३
images

योजना नै प्रभावित बन्ने गरी भएका आन्दोलनले चिन्तित छु : एमाले उपाध्यक्ष विष्णु पौडेल

योजना नै प्रभावित बन्ने गरी भएका आन्दोलनले चिन्तित छु : एमाले उपाध्यक्ष विष्णु पौडेल

  • 3.7K
    SHARES

  • योजना नै प्रभावित बन्ने गरी भएका आन्दोलनले चिन्तित छु : एमाले उपाध्यक्ष विष्णु पौडेल

    बुटवल,माघ ५ । 

    रुपन्देही स्थित  बुटवल उपमहानगरपालिकाको सुविधासम्पन्न प्रशासकीय भवन उद्घाटन गरिएको छ । 
     
    नयाँ भवनको बुधवार पूर्व अर्थमन्त्री तथा एमाले उपाध्यक्ष विष्णु पौडेलले उद्घाटन गरे । पौडेलले भर्चुअल रूपमा भवन उद्घाटन गरेका हुन् ।

    साे अवसरमा बाेल्दै पाैडलले जिल्लाको बिकासमा सबै सहकार्य गर्नुपर्ने बताएका छन् । भवनको शिलान्यास पनि पौडेलले नै गरेका थिए । butwal nagar udghatan.jpg

    पौडेलले विकासका कामले कुनै दल विशेषलाई भन्दा पनि सबैलाई फाइदा हुने बुझेर अगाडि बढ्न आग्रह गरेका हुन् । तिनाउ–दानव करिडोर क्षेत्रमा सत्तारुढ दलहरुकै अगुवाइमा योजनानै प्रभावित बन्ने गरी भएका आन्दोलनले आफू चिन्तित भएको उनको भनाइ थियो ।

    ‘सबै दललाई, सामाजिक संघसंस्थालाई मेरो आग्रह छ, तिनाउ दानव करिडोरमा अर्बौंको बजेट व्यवस्थापन भएको छ, यो सडक मात्रै होइन, यो नदी नियन्त्रणको लागि पनि विशेष योजना हो, यो आयोजनाको सफल कार्यान्वयनले नदीको क्षति रोक्ने छ यसले कसैलाई घाटा बनाउने छैन’, उनले भने ।

    नगर प्रमुख शिवराज सुवेदीले आफ्नो कार्यकालको अन्तिम समयमा आधुनिक भवनको निर्माण गरेका छन् । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology