Logo मंगलवार, श्रावण १२ गते २०८३
images

पुनर्निर्माणको बाँकी काम छिटो सक्न गृहमन्त्री बालकृष्ण खाँणको निर्देशन

पुनर्निर्माणको बाँकी काम छिटो सक्न गृहमन्त्री बालकृष्ण खाँणको निर्देशन

  • 2.6K
    SHARES

  • पुनर्निर्माणको बाँकी काम छिटो सक्न गृहमन्त्री बालकृष्ण खाँणको निर्देशन

    बुटवल,माघ ५ । 

    गृहमन्त्री बालकृष्ण खाँणले भूकम्पले क्षतिग्रस्त पुरातात्विक संरचनाको पुनर्निर्माणको अवस्थाबारे सरोकारवाला निकायसँग जानकारी लिएका छन् ।

    मंगलबार गृह मन्त्रालयमा भएको बैठकमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, पुरातत्व विभागका महानिर्देशक दामोदर गौतम, गुठी संस्थानका अध्यक्ष पुण्य भुसाल लगायतसँग भूकम्पले क्षति भएका पुरातात्विक संरचनाको पुनर्निर्माणबारे जानकारी लिएका हुन् ।

    बैठकमा भूकम्पले क्षति पुर्‍याएका पुरातात्विक संरचनाको पुनर्निर्माण अहिलेसम्म कति सम्पन्न भयो, कति निर्माणको प्रक्रियामा छन् र पुनर्निर्माण सम्पन्न गर्न बाँकी संरचना निर्माण गर्न के-के योजना छन् भन्नेबारेमा मन्त्री खाँणले जिज्ञासा राखेका थिए ।

    बैठकमा सहभागीहरूले गृहमन्त्री खाँणलाई अहिलेसम्म भए गरेका काम र आगामी दिनमा गर्ने योजना रहेका कामबारे जानकारी गराए ।

    गृहमन्त्री खाँणले भूकम्पबाट क्षतिग्रस्त पुरातात्विक संरचना पुनर्निर्माणमा मौलिकता हराउन नहुने भन्दै मौलिकता झल्किनेगरी निर्माण गर्न निर्देशन दिए । अहिले पनि टेका लगाएका घर र संरचनाहरू देखिएका भन्दै उनले पुनर्निर्माण गर्न बाँकी रहेका त्यस्ता संरचनाहरु  छिटो सक्न निर्देशन दिए ।

    उनले मूर्तिहरू चोरिने क्रम रोक्नलाई सुरक्षाको प्रबन्ध मिलाउन सरकार तयार रहेको बताए । छलफलमा नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल पनि सहभागी थिए ।

    बैठकमा ललितपुर महानगरपालिकाका प्रमुख महर्जनले पुरातात्विक संरचना पुनर्निर्माणको काम स्थानीयलाई दिएमा चाँडै र राम्रोसँग निर्माण हुने अनुभव आफूहरुसँग रहेको बताए । उनले ललितपुरका पुरातात्विक संरचना निर्माण गर्दा टेण्डर गर्न हुन्न भन्ने पाठ सिकेको पनि जानकारी गराए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology