Logo मंगलवार, श्रावण १२ गते २०८३
images

गैडहवामा भलिवल प्रतियोगिता : दोश्रो दिन ६ खेल सम्पन्न

गैडहवामा भलिवल प्रतियोगिता : दोश्रो दिन ६ खेल सम्पन्न

  • 1.9K
    SHARES

  • गैडहवामा भलिवल प्रतियोगिता :  दोश्रो दिन ६ खेल सम्पन्न

    कञ्चन,माघ ५ । 

    रुपन्देहीको गैडहवा गाउपालिकामा सोमवार देखी जारी गाउपालिका स्तरिय भलिवल प्रतियोगिताको दोश्रो दिन ६ खेल सम्पन्न भएका छन। साथी सञ्जाल सूर्यपुराको आयोजना तथा गैडहवा गाउपालिकाको सहयोगमा आयोजित भलिवल प्रतियोगितामा गाउपालिकाका १८ भलिवल टिमहरुले सहभागिता जनाएका छन।

    दोश्रो दिन ऐचावल बि र डांफे मुनाल बिच भएको पहिलो खेलमा डांफे मुनाल विजयी भई दोश्रो चरणमा प्रबेश गरेको छ भने हसनापुर र पिपरहवा बिच भएको दोश्रो खेलमा हसनापुर युवा क्लव बिजयी भएको आयोजक साथी सञ्जाल, सूर्यपुराका अध्यक्ष द्वारिका हरिजनले जानकारी दिनु भएको छ। यस्तै मंगलवार नै गैडाताल बिर सूर्यपुरा युनिक रोयल बिच भएको तेश्रो खेलमा गैडाताल बि विजेता भएको छ भने सूर्यपुरा मा.बि. र ऐचावल ए बिच भएको चोथो खेलमा ऐचावल ए विजयी भई दोश्रो चरणमा प्रबेश गर्न सफल भएको छ।


    यस्तै आयोजक संस्था साथी सञ्जाल, सूर्यपुरा ए र गैडाताल बि बिच भएको आयोजक संस्था साथी सञ्जाल, सूर्यपुरा बिजयी भए दोश्रो चरणमा प्रबेश गर्न सफल भएको छ भने गैडाताल ए र हसनापुर युवा क्लव बिच भएको दोश्रो चरणको खेलमा हसनापुर युवा क्लव बिजयी भएको आयोजकले जनाएको छ।

    प्रतियोगितामा विजेता टिमले नगद २० हजार रुपैया र जर्सी सहित मेडल समेत प्राप्त गर्नेछ भने उपविजेता टिमले नगद १५ हजार रुपैया सहित जर्सी र मेडल प्राप्त गर्ने साथी सञ्जालका अध्यक्ष द्वारिका हरिजनले जानकारी दिनु भएको छ। यसैगरी तेश्रो अर्थात सान्त्वना हुने टिमले नगद ८ हजार सहित जर्सी र प्रमाण पत्र पाउने छ। प्रतियोगिता अवधिभर उत्कृष्ट सटर र ब्लकर गरी दुई जनालाई समेत सम्मान गरिने आयोजक संस्थाका अध्यक्ष द्वारीका हरिजनले जानकारी दिनु भएको छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology